२०८३, ७ कार्तिक शनिबार

बनेपामा सिरिन्ज आक्रमण ।

बनेपामा सिरिन्ज आक्रमण ।


असार १९ गते धुलिखेलः आइतबार साझँ काभ्रेको बनेपामा बसका सहचालक माथि सिरिन्ज आक्रमण भएको छ । काठमाडौँबाट धुलिखेल आइरहेको बा ४ ख २१३९ नम्बरको बसको सहचालक माथि सिरिन्ज आक्रमण भएको हो ।

सोहि गाडीमा आएका यात्रुले झर्ने बेला बनेपा पुलबजारमा आफु माथि सिरिन्ज आक्रमण गरेको सहचालकले बताए । सहचालकका अनुसार सेतो सर्ट लाएका पुरूष यात्रुले उनको कुईनो नजिक तिखो बस्तु घोपेका थिए ।

सहचालकले तीन दोबाटोमा आएपछि हात दुखेको चालकलाई सुनाए पछि यात्रुहरुले प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेका थिए ।

इलाका प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक निरजन भट्टाराईले कार्यालयमा निवेदन भने अहिलेसम्म दर्ता नभएको बताए । ‘मैले पनि सिरिन्ज आक्रमण भयो भन्ने चाँहि सुनेको हुँ, उनले भने तर अहिलेसम्म निवेदन परेको छैन् ।’

बनेपामा शृङखलाबद्ध रुपमा सिरिन्ज आक्रमण भएका खबर बाहिर आएपनि प्रहरी कार्यालयमा भने एउटा बाहेक निवेदन नपरेको प्रहरी निरीक्षक भट्टाराईले बताए । ‘महिलाले महिलालाई नै सिरिन्ज आक्रम गरेको बाहेक अरु निवेदन परेको छैन्, उनले भने ‘सर्वसाधरणमा मनोबैज्ञानिक त्रास बढी फैलिएको पाइन्छ ।’

प्रकाशित मिति : २०७६, १९ असार बिहीबार  ७ : ५५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना