२०८२, १३ फाल्गुन बुधबार

इन्धन ट्याङ्कर विस्फोट हुँदा ३५ को मृत्यु

इन्धन ट्याङ्कर विस्फोट हुँदा ३५ को मृत्यु


लेगोस, १८ असार : नाइजेरियाको दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार घटनामा परी अरु १०१ जना घाइते पनि भएका छन् ।बेन्यु राज्यको अहुम्बे गाउँमा सोमबार घटना भएको हो । सडकमा ट्याङ्कर पल्टिएर दुर्घटना भएको बताइएको छ ।

ट्याङ्करबाट चुहिएको पेट्रोलियम पदार्थ थाप्नेहरुको भिड लागेका बेला ट्याङ्करमा आगलागी भएको अधिकारीहरुले जनाएका छन् । सडक सुरक्षा दलका प्रदेश कमाण्डर अलियु बाबाले प्रदेश राजधानी माकुर्दीमा पत्रकारहरुलाई दिएको जानकारी अनुसार भत्किएको सडकमा चालकले लापर्वाही तरिकाले ट्याङ्कर चलाएका थिए । त्यही बेला ट्याङ्कर हल्लिएर पल्टिएको उहाँले बताउनुभयो ।

आगलागी हुनुभन्दा अगाडी कम्तीमा ४५ मिनेटसम्म स्थानीयवासीले पेट्रोलियम पदार्थ थापेका थिए । उनीहरुले पेट्रोलियम पदार्थ थापिरहेकै बेला एउटा बस आएर त्यही ट्याङ्करमा ठोक्किएपछि आगलागी भएको थियो । मारिएका मध्ये १४ जना बसका यात्रु रहेका छन् भने अरु पेट्रोलियम पदार्थ थाप्न आएका स्थानीय बासिन्दा रहेका छन् । नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले एक व्यक्तव्य जारी गर्दै घटनामा परी निधन भएकाहरुप्रति दुःख व्यक्त गर्नुभएको छ भने घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । रासस-सिन्ह्वा

प्रकाशित मिति : २०७६, १८ असार बुधबार  ६ : १९ बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको