२०८३, २१ भाद्र सोमबार

चार वर्षमा आफन्तबाटै मारिए ६८४ जना, सबैभन्दा धेरै श्रीमानले गरे श्रीमतीको हत्या

चार वर्षमा आफन्तबाटै मारिए ६८४ जना, सबैभन्दा धेरै श्रीमानले गरे श्रीमतीको हत्या


काठमाडौं, असार १८: आर्थिक वर्ष २०७२/७३ देखि पछिल्ला चार वर्षमा आफन्तबाटै ६८४ जनाको हत्या भएको छ। आफन्तजनबाटै हत्या हुने क्रम बढेपछि यस्ता घटनाले पारिवारिक सम्बन्धमाथि नै गम्भीर प्रश्न चिह्न सिर्जना गरिदिएको छ। नेपाल प्रहरीले तयार पारेको एक तथ्यांकले आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्मका चार वर्षमा आफन्तबाटै परिवारका सदस्यदेखि आफ्ना निकटका मानिससम्मको गरी ६८४ जनाको हत्या भएको देखाएको हो।

जसअनुसार श्रीमान्ले श्रीमतीदेखि श्रीमतीले श्रीमान् र बाबुआमाले छोराछोरीदेखि छोराछोरी तथा छोराबुहारीले आमाबाबु तथा सासूससुरासम्मको हत्या गरेका छन्। तथ्यांकअनुसार पछिल्ला चार वर्षमा श्रीमान्बाट २७५ जना श्रीमतीको हत्या भएको छ। यस्तै यसबीचमा श्रीमतीबाट ५८ जना श्रीमान् मारिएका छन्। यसैगरी बाबुआमाले मिलेर १५ जना सन्तानको हत्या गरेका छन् भने छोराले मात्रै विगत चार वर्षबीचमा ५३ जना आमाबाबुको हत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ।

यस्तै, छोराबुहारी मिलेर विगत चार वर्षका बीचमा ११ जना आमाबाबुको हत्या गरेको, छोरीले एक जनाको हत्या गरेको, आमाले ६२ जना नवजात शिुशुको हत्या गरेको, यस्तै, आमाले २४ जना वयस्क छोराछोरीको हत्या गरेको प्रहरीको विगत चार वर्षको तथ्यांकले देखाउँछ। यसैगरी, सौतेनी आमा र बाबुले विगत चार वर्षम चार जना सन्तानको हत्या गरेको, आफन्तले तीन जना ज्वाइँजेठानको हत्या गरेको, बाबुले एक्लै २२ जना छोराछोरीको हत्या गरेको तथा अन्य घरपरिवारका सदस्यअन्तर्गत ५१ जनाको हत्या भएको प्रहरी तथ्यांकले देखाएको भन्ने खबर राजधानी दैनिकमा छ।

यस्तै, विगत चार वर्षमा मामाबाट चार जना भान्जाभान्जीको, भान्जाले तीन जना मामाको, काकाकाकीले ६ जना भतिजाभतिजीको, दाजुले २५ जना भाइबहिनीको, भाइबाट पाँच जना दाजु, दिदी र बहिनीको तथा बहिनीबाट एक जना दाजुको हत्या भएको प्रहरीको तथ्यांकले देखाएको छ । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले कुनै एउटा कारण नभई विभिन्न कारणले आफन्तबाटै आफन्तको हत्या हुने गरेको पाइएको बताए।

प्रकाशित मिति : २०७६, १८ असार बुधबार  ७ : ०७ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ