२०८२, ४ माघ आईतबार

केन्द्रको अनुमति लिएर मात्रै विदेश भ्रमण र उपहार ग्रहण

केन्द्रको अनुमति लिएर मात्रै विदेश भ्रमण र उपहार ग्रहण


काठमाडौं, असार १८: प्रदेश र स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको विदेश भ्रमणदेखि विदेशी प्रतिनिधिसँगको भेटघाटसम्ममा कडाइ गर्ने गरी सरकारले निर्देशिका जारी गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।विदेशी सरकार, नियोग, प्रतिनिधि र अन्तर्राष्ट्रिय संघसंस्थासँग सम्पर्क गर्दा अवलम्बन गर्नुपर्ने कार्यविधिसम्बन्धी निर्देशिका, २०७६ मार्फत प्रदेश र स्थानीय तहको कूटनीतिक मामिलालाई व्यवस्थित गर्न खोजेको हो ।

प्रदेशका पदाधिकारी तथा कर्मचारीले व्यक्तिगत कामका लागि विदेश भ्रमण गर्दा मन्त्रालयमा जानकारी गराएर सहमति लिनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । विकास साझेदारको आयोजनामा सञ्चालन हुने छात्रवृत्ति, अध्ययन, अवलोकन भ्रमणलगायत कार्यक्रमका सन्दर्भमा भने अर्थ मन्त्रालयसमेतको सहमति लिनुपर्नेछ ।

निर्देशिकामा विदेश भ्रमणका सिलसिलामा सम्बन्धित मुलुक, विदेशी नियोग वा अन्तर्राष्ट्रिय संगठनसँग गरिने पत्राचार अनिवार्य रूपमा मन्त्रालयमार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ । भ्रमण गर्नुअघि सम्बन्धित मुलुक हेर्ने नेपाली नियोगलाई जानकारी दिनुपर्ने व्यवस्था पनि छ । विदेश भ्रमणका क्रममा मुलुकलाई दायित्व सिर्जना हुने गरी प्रदेशका पदाधिकारी तथा कर्मचारीले कुनै प्रकारको अन्तर्राष्ट्रिय प्रतिबद्धता व्यक्त गर्न वा स्वीकार गर्न नहुने व्यवस्था छ ।

विदेशमा हुने सभा, समारोह तथा बैठकमा गरिने सम्बोधन, भाषण वा छलफलको विषयवस्तु र नेपालको धारणाका सम्बन्धमा मन्त्रालय, नेपाली नियोग र अन्य सम्बन्धित निकायसँग परामर्श गर्नुपर्ने व्यवस्था गरिएको छ । विदेश भ्रमण सकेर आएपछि त्यसको प्रतिवेदन अनिवार्य रूपमा आफ्नो कार्यालयमा बुझाउनुपर्नेछ र एकप्रति मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २०७६, १८ असार बुधबार  ७ : ०२ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको