२०८२, २४ असार मंगलबार

एकै परिवारका दुई बालकको डुबेर मृत्यु

एकै परिवारका दुई बालकको डुबेर मृत्यु


तनहुँ, १७ असार: इट्टाभट्टाको पोखरीमा डुबेर आज एकै परिवारका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–२ जामुनेका कृष्णबहादुर शाहीका छोराहरु सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाही रहेका छन् ।

सोही वडास्थित राधा माध्यमिक विद्यालयमा अध्ययनरत् ती बालकहरु नर्सरी र केजीमा अध्ययनरत् विद्यार्थी थिए । विद्यालयबाट घरतर्फ फर्किने क्रममा बाटो नजिकै रहेको माछापुच्छ«े इट्टाभट्टाको लागि माटो खनेर बनेको पोखरीमा पौडी खेल्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

मृत बालकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घट्ना भए लगत्तै आफन्तजनले दमौली अस्पतालमा उपचारको लागि ल्याएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
रासस

प्रकाशित मिति : २०७६, १७ असार मंगलबार  ६ : ५१ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज