२०८३, १० भाद्र बिहीबार

एकै परिवारका दुई बालकको डुबेर मृत्यु

एकै परिवारका दुई बालकको डुबेर मृत्यु


तनहुँ, १७ असार: इट्टाभट्टाको पोखरीमा डुबेर आज एकै परिवारका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–२ जामुनेका कृष्णबहादुर शाहीका छोराहरु सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाही रहेका छन् ।

सोही वडास्थित राधा माध्यमिक विद्यालयमा अध्ययनरत् ती बालकहरु नर्सरी र केजीमा अध्ययनरत् विद्यार्थी थिए । विद्यालयबाट घरतर्फ फर्किने क्रममा बाटो नजिकै रहेको माछापुच्छ«े इट्टाभट्टाको लागि माटो खनेर बनेको पोखरीमा पौडी खेल्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

मृत बालकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घट्ना भए लगत्तै आफन्तजनले दमौली अस्पतालमा उपचारको लागि ल्याएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
रासस

प्रकाशित मिति : २०७६, १७ असार मंगलबार  ६ : ५१ बजे

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार

रसुवा बाढी अपडेट: २८ प्रहरी बेपत्ता, १६२ शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र

भोटेकोशी बाढीबारे रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट

बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको