२०८२, २८ चैत्र आईतबार

भाटभटेनी सुपर मार्केटका अध्यक्ष र दुई भूमाफियामाथि सम्पत्ति शुद्धीकरण छानबिन

भाटभटेनी सुपर मार्केटका अध्यक्ष र दुई भूमाफियामाथि सम्पत्ति शुद्धीकरण छानबिन


काठमाडौं, १७ असार : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुईजना भूमाफिया डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ। बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को छानबिनमा परेका गुरुङ, ढकाल र सुवेदीमाथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान अघि बढाएको हो।

विभागले भाटभटेनीका नाममा देशभर सञ्चालित सुपरमार्केटको जग्गाजमिनसहितको लगानीलाई पनि छानबिनको दायरामा ल्याएको छ। गुरुङले तयारी कपडा आयात गर्दा सरकारलाई बुझाउनुपर्ने राजस्वमा छली भएनभएको विषयमा पनि अनुसन्धान भइरहेको स्रोतले जानकारी दियो। आयोग र ब्युरोले छानबिन थालेपछि ढकाल र सुवेदी फरार भइसकेका छन्। विभाग उच्च स्रोतका अनुसार ललितानिवास र त्यसले चर्चेको जग्गा हिनामिनामा संलग्न गुरुङ, ढकाल र सुवेदी तथा उनीहरुका परिवारको नाममा रहेको चलअचल सम्पत्ति खोज्न विशेष टोली खटिएको छ। जग्गा हडप्नेमध्येका तीनजनाबाहेक राणा परिवारबाट मोहीको नाममा जग्गा पाउने पनि विभागको छानबिन दायरामा परेका छन्।

‘ललितानिवासले चर्चेको जग्गा हिनामिनामा संलग्न भाटभटेनी सुपरमार्केट तथा भाटभटेनी डेभलपर्स प्रालिका सञ्चालक मीनबहादुर गुरुङ, ढकाल र सुवेदी तथा उनीहरुका परिवारमाथि कालो धन आर्जन गरेको अभियोगमा छानबिन थालिएको छ,’ विभाग स्रोतले भन्यो, ‘यस विषयमा अख्तियार र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसँग पनि सहयोग मागेका छौं।’ विभाग स्रोतका अनुसार गुरुङ अध्यक्ष रहेको भाटभटेनी डेभलपर्स प्रालिमा ढकाल र सुवेदीको पनि लगानी देखिएको छ।

सिआइबी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत छानबिन र अनुसन्धान भइरहेका पछिल्ला केही विषयमा हाम्रो पनि चासो छ ः रुपनारायण भट्टराई, महानिर्देश ‘राणा परिवारबाट बालुवाटारको जग्गा हात पार्नुअगाबै गुरुङ, ढकाल र सुवेदीले स्रोत नखुलेको सम्पत्ति विभिन्न क्षेत्रमा लगानी गरेको उजुरी पनि परेको छ,’ विभाग स्रोतले भन्यो, ‘ललितानिवासको जग्गामा मात्रै होइन, भाटभटेनी सुपरमार्केट र अन्य व्यापार व्यवसायमा पनि उनीहरुको साझेदारी देखिन्छ।’

बालुवाटारको जग्गा र भाटभटेनीको व्यापारमा गरिएको लगानीको स्रोतमाथि पनि प्रश्न उठेको भन्दै विभागका एक उच्च अधिकारीले त्यसमाथि विशेष अनुसन्धान भइरहेको जानकारी दिए। विभागका महानिर्देशक रुपनारायण भट्टराईले अख्तियार र सिआइबीले छानबिन गरिरहेको विषयमा आफूहरुको पनि चासो रहेको थाप बोल्न नमिल्ने प्रतिक्रिया दिए। ‘आयोग र सिआइबीमा भइरहेका विषयमा हाम्रो पनि चासो छ,’ महानिर्देशक भट्टराईले भने, ‘अनुसन्धान भइरहेका विषयमा अरु थप बोल्न मिल्दैन।’

ललितानिवासको जग्गा प्रकरणमै बयानका लागि नगएपछि भाटभटेनीका सञ्चालक गुरुङका छोरा कल्याण तथा भूमाफिया ढकाल र सुवेदीसहित ८९ जनालाई आयोगले फरार सूचीमा राखेको छ। फरार सूचीमा भएका व्यक्तिको पनि सम्पत्ति छानबिन भइरहेको विभागले जनाएको छ। विभागले डिल्लीबजार मालपोत का

प्रकाशित मिति : २०७६, १७ असार मंगलबार  ७ : २३ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४