२०८३, २१ भाद्र सोमबार

सशस्त्रका चार पूर्व प्रमुख ‘चोखिए’

सशस्त्रका चार पूर्व प्रमुख ‘चोखिए’


काठमाडौं, १७ असार : सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक (आईजीपी) ले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । उनीहरुविरुद्ध अदालतमा दायर भएको मुद्दाको प्रमाण नपुगेको भन्दै विशेष अदालतले सोमबार सफाइको फैसला सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम हिनामिना मुद्दामा २०७२ सालमा सशस्त्र प्रहरीका पूर्वआईजीपीहरू कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, वासुदेव वली र सनतकुमार बस्नेतसहित २२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

न्यायाधीशहरु बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको इजलासले आरोप प्रमाणित नभएको भन्दै सफाइ दिने फैसला गरेको हो । संगठनको सामान खरिद र ढुवानीमा भ्रष्टाचार गरेको भन्दै आयोगले वन्तविरुद्ध भ्रष्टाचारको अभियोगमा अनुसन्धान थालेको थियो ।

सो क्रममा वन्तले बयान दिँदा बस्नेत, ओली र श्रेष्ठसमेत अनियमितता प्रकरणमा छानविनमा तानिएका थिए । २०५८ देखि २०७१ मा सशस्त्र प्रहरीका विभिन्न एकाइमा सामान खरिद गर्दा नक्कली कम्पनी र बिल खडा गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।

प्रकाशित मिति : २०७६, १७ असार मंगलबार  ६ : ५० बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको