२०८२, २८ चैत्र आईतबार

सडक किनारका रुखको संरक्षण महानगरपालिकाले गर्ने कि सरकारले ?

सडक किनारका रुखको संरक्षण महानगरपालिकाले गर्ने कि सरकारले ?


काठमाडौं, १७ असार :राजधानीमा रोपिएको रुखको कसले संरक्षण गर्ने ? महानगरपालिकाले कि सरकारले ? देशको राजधानी काठमाडौंकोको सडक किनारामा रोपिएका विरुवाको संरक्षण गर्ने जिम्मा सरकारको हो । तर राजधानीलाई हरियाली बनाउने जिम्मा लिएको महानगरपालिकाले सबै विरुवा संरक्षण गर्ने जनाएको छ ।

सरकारको स्वामित्वमा रहेको वन कार्यालयले राजधानीको विभिन्न सडक छेउमा वृक्षरोपण गरेको थियो । चक्रपथमा रोपिएका विरुवाको संरक्षण वन विभागले गर्ने भएतापनि त्यसको रेखदेखको जिम्मा स्थानीय निकायको हुने प्रावधान छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जुन निकायले जस्तोसुकै भनाई अघि सारेपछि संघीय राजधानीको सडक छेउको विरुवा संरक्षण गर्ने काम कामपाकै भएको बताउनुहुन्छ ।

वन कार्यालयसंँग पानीको ट्याङ्कर र जेट मेशिन छैन, कसरी बोट बिरुवा संरक्षण गर्छन्, उनको प्रश्न छ । मेयर शाक्यले कामपा र अन्य सरोकारवाला निकायको सहयोगमा विरुवा संरक्षण गर्ने योजना रहेको बताए । भने–सरकारले राजधानीमा रोपेको बिरुवा मर्न दिदैनौं, यसलाई जसरी भएपनि संरक्षण गरी देशको संघीय राजधानीलाई हरित राजधानीको रुपमा बिकास गर्नेछौ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, १७ असार मंगलबार  ६ : ४५ बजे

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको