२०८२, ४ माघ आईतबार

सडक किनारका रुखको संरक्षण महानगरपालिकाले गर्ने कि सरकारले ?

सडक किनारका रुखको संरक्षण महानगरपालिकाले गर्ने कि सरकारले ?


काठमाडौं, १७ असार :राजधानीमा रोपिएको रुखको कसले संरक्षण गर्ने ? महानगरपालिकाले कि सरकारले ? देशको राजधानी काठमाडौंकोको सडक किनारामा रोपिएका विरुवाको संरक्षण गर्ने जिम्मा सरकारको हो । तर राजधानीलाई हरियाली बनाउने जिम्मा लिएको महानगरपालिकाले सबै विरुवा संरक्षण गर्ने जनाएको छ ।

सरकारको स्वामित्वमा रहेको वन कार्यालयले राजधानीको विभिन्न सडक छेउमा वृक्षरोपण गरेको थियो । चक्रपथमा रोपिएका विरुवाको संरक्षण वन विभागले गर्ने भएतापनि त्यसको रेखदेखको जिम्मा स्थानीय निकायको हुने प्रावधान छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जुन निकायले जस्तोसुकै भनाई अघि सारेपछि संघीय राजधानीको सडक छेउको विरुवा संरक्षण गर्ने काम कामपाकै भएको बताउनुहुन्छ ।

वन कार्यालयसंँग पानीको ट्याङ्कर र जेट मेशिन छैन, कसरी बोट बिरुवा संरक्षण गर्छन्, उनको प्रश्न छ । मेयर शाक्यले कामपा र अन्य सरोकारवाला निकायको सहयोगमा विरुवा संरक्षण गर्ने योजना रहेको बताए । भने–सरकारले राजधानीमा रोपेको बिरुवा मर्न दिदैनौं, यसलाई जसरी भएपनि संरक्षण गरी देशको संघीय राजधानीलाई हरित राजधानीको रुपमा बिकास गर्नेछौ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, १७ असार मंगलबार  ६ : ४५ बजे

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई