२०८३, १४ बैशाख मंगलबार

मण्डनदेउपुरको फाँटमा बेठीको झल्को, जनप्रतिनिधि बाउसे र रोपाहार (भिडियो सहित)

मण्डनदेउपुरको फाँटमा बेठीको झल्को, जनप्रतिनिधि बाउसे र रोपाहार (भिडियो सहित)


धुलिखेल, असार १५ गतेः वरिपरि कतै चैते धान भित्र्याउने चटारो । कतै मकै । बीचमा चाँहि धान रोप्न तयार पारिएको चट्ट मिलेका खेतका गह्रा ।

टन्टलापुर घाम । दायाँ बाया खेत । बीच भागमा रहेको आशी खोलामा चाँहि बगिरहेको छिपछिपे पानी । आशी खोलाकै किनारमा छ पेवाटार । त्यहि खोलाको पानीले आइतबार नगरपालिकाको धेरै ठाउँबाट आएकालाई खेत रोप्ने रहर पुरा गराउन सकिन्छ कि सकिदैन भन्ने चिन्तामा थिए, खेतका धन राम कृष्ण श्रेष्ठ र उनी श्रीमती इन्द्र माया श्रेष्ठ ।

पाँचखाल, भकुण्डे, देउपुर, नाला, बनेपा, पनौती लगायतका फाँटमा पछिल्लो समय गोरु निकै कम प्रयोग हुन्छ । तर श्रेष्ठ दम्पत्तिले भने खेत हिल्याउन अहिलेसम्म पावर टिलर र मिनी टिलर प्रयोग गरेका छैनन् । दुई हल गोरु । बाउसे र रोपाहार घरधनीले पनि ब्यवस्था गरेका थिए ।

मध्यन्हको साढे १२ बजि सकेको थियो । एकाएक नगरपालिकाका प्रमूख टोक बहादुर वाइबा हाप पाइन्ट र टिसर्ट लगाएर पुगे श्रेष्ठ दम्पत्तिको खेतमा । प्रमूख वाइबालाई पच्छाउँदै बाउसे गर्न वडाध्यक्ष र सदस्यहरु पनि खेतको गह्रामा प्रवेश गरे । कोदाली समाते ।

नगरपालिकाका अन्य महिला जनप्रनिधिहरु पनि खेतमा प्रवेश गरे । बीउको मुठ्ठा समाए । हिलो छ्यापाछ्याप गरे । अलिक माथि बसेका ब्यान्ड टोलीले बाजा बजाउन सुरु गरे । खेतको गह्रामा रहेका नगरप्रमूख, वडाध्यक्ष सहितका जनप्रतिनिधिहरु बाजाको तालमा माच्दै कोहि बाउसे गर्न थाले कोहि रोप्न । ‘मलाई त बेठी कै झल्को आयो, खेतका धनी इन्द्र मायाले भनिन् ‘तर पहिले पञ्चेबाजा बज्थ्यो, अहिले ब्यान्ड । नगरपालिकाको धेरै ठाउँबाट नयाँ नयाँ मान्छेहरु आए, सक्नेले काम गरे, नसक्नेले हिलो खेलेर रमाए ।’

झण्डै साढे ६ रोपनी क्षेत्रफलमा फैलिएको श्रेष्ठको खेतमा नगरपालिकाले १६ औँ धान दिवसका अवसरमा रोपाई कार्यक्रम आयोजना गरेको हो । सद्भावपूर्ण हिलो । असारे भाका । बेला बेला ब्यान्ड बाजाको चर्को आवाज । तर पनि महिला जनप्रतिनिधि र महिला समूहका अगुवा महिलाहरु असारे भाका गाउँदै, छुपुछुप धान रोप्दै थिए । रामकृष्ण श्रेष्ठले आफ्नो खेतमा मकवानपुरे धान रोप्दै आएको जानकारी दिए । ‘मेरो खेतमा धान रोप्न अहिलेसम्म पावर टिलर र मिनी टिलर प्रयोग गरेको छैन्, उनले भने आज ज्यादै खुशी लाग्यो । सबैसँग भेट हुन पायो ।’

बाउसे र हिलो छ्यापाछ्याप गर्दा गर्दै नगरप्रमूख टोक बहादुर वाइबा, वडाध्यक्ष, जिल्ला कृषि ज्ञान केन्द्रका प्रमूख बलभद्र अधिकारी र अन्य बाउसेहरुको अनुहार चिन्नै नसक्ने भइसकेको थियो । तर पनि थाकेको अनुभूती भने गरेका थिएन् । बाउसे गर्दा गर्दै नगरप्रमूख वाइबाले कृषकलाई प्रात्साहन दिन आफै खेतमा आएको बताए । अनि नगरपालिकाले कृषि उत्पादन बढाउन अघि सारेको योजना पनि सुनाए । ‘नगरपालिकाले धान हुने वडामा धान पटेक र फलफूल उत्पादन हुने वडामा फलफूल पटेकको रुपमा विकास गर्ने नीति र कार्यक्रम बनाइसकेको छ, उनले भने ‘कृषि नै नगरको मूख्य आधार, स्वच्छ र स्वथ्य बाली खाने अनि खुवाउने बानीको विकास गर्न जरुरी छ ।’

रोपाइ कार्यक्रममा पुगेका जिल्ला कृषि ज्ञान केन्द्रका प्रमूख बलभद्र अधिकारीले जिल्लामा असार १५ गतेसम्म २५ प्रतिशत रोपाई सकेको जानकारी दिए । ‘रोपाई सन्तोषजन रुपमै भइरहेको छ, उनले भने, सिँचाई नलाक्ने ठाउँमा अझै पनि भल कुर्नु पर्ने अवस्था छ ।’ नगरप्रमूख सहितका जनप्रतिनिधि, नगरका विभिन्न वडाबाट आएका अगुवा किसान श्रेष्ठ दम्पत्तिको खेतमा रोपाई नसकिँदासम्म बसे । दही चिउरा खाए । अनि छुट्टिए ।

काभ्रेपलाञ्चोक जिल्लामा कुल १० हजार १ सय हेक्टर क्षेत्रफल जमिनमा बर्खे धानखेती र १ हजार २१० हेक्टर क्षेत्रफल जमिनमा चैते धान खेती हुदै आएको छ । जिल्लामा बार्षिक प्रति हेक्टर ३.५ मेक्ट्रिटन धान उत्पादन हुदैँ आएको छ ।

प्रकाशित मिति : २०७६, १५ असार आईतबार  ६ : ४३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले