२०८२, ४ माघ आईतबार

पनौती नगरपालिकाका दुई वडा बालमैत्री

पनौती नगरपालिकाका दुई वडा बालमैत्री


रवि धिताल/ काभ्रे, १४ असार: काभ्रेको पनौती नगरपालिकाका दुई वटा वडालाई बालमैत्री वडा घोषणा गरिएको छ ।
नगरपालिकाको वडा नम्बर २ र ३ लाई शनिबार बालमैत्री वडा घोषणा गरिएको हो ।

कुशादेवी माध्यामिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले वडालाई बाल मैत्री घोषणा गरे ।

स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, कार्यन्वयन कार्यविधि २०६८ ले बाल मैत्री स्थानीय निकाय घोषणा २०७० निर्दिष्ट गरेका सुचक पूरा गरेपछि वडालाई बाल मैत्री घोषणा गरिएको बाल मैत्री स्थानीय शासन प्रचार प्रसार समितिले जनाएको छ ।

‘बाल मैत्री स्थानीय शासन, हाम्रो अभियान’ भन्ने मुल नाराका साथ वडालाई बाल मैत्री बनाउन विभिन्न कार्यक्रम हुदैँ आएको थियो ।

कार्यक्रममा प्रदेशसभा सासंद बसुन्धरा हुमागाई, पनौती नगरपालिकाका प्रमूख भिम न्यौपाने लगायतका नगरपालिका अधिकारीहरु समेत सहभागि भएका थिए ।

प्रकाशित मिति : २०७६, १४ असार शनिबार  २ : २९ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको