२०८३, १४ बैशाख मंगलबार

क्षतिको चार वर्षपछि घर ‘रेट्रोफिटिङ’

क्षतिको चार वर्षपछि घर ‘रेट्रोफिटिङ’


राजकुमार पराजुली
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा नमोबुद्ध नगरपालिका–५ फलाँटे गैरामा भूकम्पबाट आंशिक क्षति पुगेको दुईतले कच्ची घर रेट्रोफिटिङ ९प्रबलीकरण० गरी धनीलाई हस्तान्तरण गरिएको छ । आवास आंशिक क्षति लाभग्राहीमा सूचीकृत गैराका छत्रबहादुर परियारको कच्ची घरबाट गत वर्ष चैत २९ गते प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रेट्रोफिटिङ अभियानको औपचारिक शुरुआत गर्नुभएको थियो ।

भूकम्पले घर चर्किएको करीब चार वर्षपछि शुरु गरिएको रेट्रोफिटिङ अभियानअन्तर्गत निर्माण सम्पन्न भएको परिवारको दुईतले घर प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले घरधनीलाई हस्तान्तरण गर्नुभएको हो ।

बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग ९डीएफआइडी० को आर्थिक सहयोगमा विल्ड चेन्ज र युएन ओप्स् नामक गैरसरकारी संस्थाले उक्त रेट्रोफिटिङ नमूना घर निर्माण गरेका हुन् । डीएफआइडीले नेपालको भूकम्पप्रभावित जिल्लाका ५६२ स्थानीय तहमा एक वटा हुनेगरी करीब एक हजार आंशिक क्षति घरलाई रेट्रोफिटिङ गरी नमूना घर बनाउने सम्झौता गरेको छ ।

प्रकाशित मिति : २०७६, १० असार मंगलबार  १ : २५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले