२०८३, ६ आश्विन बुधबार

सिन्जामा बन्ने भयो ‘खस सङ्ग्रहालय’

सिन्जामा बन्ने भयो ‘खस सङ्ग्रहालय’


काठमाडौं, असार ८: सिन्जामा खस सङ्ग्रहालय बन्ने भएको छ । यहाँ खस सङ्ग्रहालय बनेपछि देश तथा विदेशबाट सिन्जा सभ्यता हेर्न आउनेलाई सजिलो हुने भएको छ । सिन्जा सङ्ग्रहालयका अभियन्ता डिल्लीप्रसाद तिवारी प्रसन्न छन् । उनले भने, “यो सङ्ग्रहालयले यहाँ आउने पर्यटक र अनुसन्धानकर्ताहरूलाई सिन्जा सभ्यताको अध्ययन गर्ने अवसर दिनेछ । ”

सिन्जा गाउँपालिका वडा नं. २ बिष्टबाडामा यो सङ्ग्रहालय निर्माण सुरु भएको छ । तत्कालीन समयमा विशाल साम्राज्य भएको सिन्जा सभ्यताका ऐतिहासिक तथा पुरातात्विक सम्पदा अहिलेसम्म ओझेलमा परेका थिए । पुरातात्विक सम्पदा विस्तृत रूपमा खोज अनुसन्धान हुन सकेको छैन । सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमा भने सिन्जा क्षेत्र पनि परेको छ ।

सङ्ग्रहालय शिलान्यास कार्यक्रम पनि विशेष प्रकारकै थियो । खस सभ्यता झल्किने गुन्यू–चोली, कालो कम्बल र गहनासँगै सजिएका स्थानीय महिलाले मागल गाएका थिए । पञ्चेबाजा बजाउँदै र कलश यात्राको कलाले प्राचीन सिन्जाको झल्को दिएको स्थानीय बताउँछन् । हुन पनि नेपाली भाषाको उद्गम स्थल तथा बहुप्रतिष्ठित सभ्यताको मुहान हो– सिन्जा । सिन्जा क्षेत्रमा सरकारद्वारा खस सङ्ग्रहालय निर्माण कार्य आरम्भ हँुदा स्थानीय खुसी छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा नेत्र शाहीले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, ८ असार आईतबार  ६ : ४६ बजे

कांग्रेसको पालिका अधिवेशन आज, नेतृत्वका लागि तीव्र रस्साकस्सी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन

इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी)

प्रतिनिधिसभा बैठक बस्दै, ४ विधेयक कार्यसूचीमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ।

रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४५१ पुग्यो, ५ हजार ७०५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४५१