२०८३, २४ भाद्र बिहीबार

जिएमआर कम्पनीलाई लक्षित गरी बम विष्फोट

जिएमआर कम्पनीलाई लक्षित गरी बम विष्फोट


अछाम, २५ जेठ : माथिल्लो कर्णाली जलविद्युत् आयोजनास्थलमा जिएमआर कम्पनीको सम्पर्क कार्यालयमा अज्ञात समूहले बम विष्फोटन गराएको छ । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–३ असाराघाटमा रहेको जिएमआर कम्पनीले सम्पर्क कार्यालय बनाएको स्थानीय दीपक बिसीको घरलाई लक्षित गरी आज बिहान प्रेसर कुकुर बम विष्फोट गराएको अछाम प्रहरीले जनाएको छ ।

बम विस्फोटबाट घरको पूर्वतिरको भित्ता चर्किएको छ भने टिनले बनेको शौचालय क्षतविक्षत पारी क्षति पु¥याएको छ । यस्तै घरको बरण्डामा राखेको भे७प ९६९८ नंको मोटरसाइकलमा आगजनी गरी ५० प्रतिशत क्षति भएको अछामका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो । बम विष्फोटबाट अन्य मानवीय क्षति भएको छैन् ।

घटनास्थल जिल्ला सदरमुकामबाट एक दिनको पैदल दूरीमा रहेको छ ।घटनाको जिम्मेवारी कसैले नलिएको र विप्लव समूहले विष्फोट गराएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ । बम विष्फोट गराउने समूह वा व्यक्तिको खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको छ ।
घटनास्थलबाट तीन किमी पूर्व कर्णाली नदी पारी दैलेख जिल्ला आठविस नगरपालिका–१ डावमा अपर कर्णाली हाइड्रोपावरको सुरक्षार्थका लागि सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा सशस्त्र प्रहरी बलको बेसक्याम्पसमेत रहेको छ ।रासस

प्रकाशित मिति : २०७६, २५ जेष्ठ शनिबार  ९ : १५ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको