२०८३, २१ भाद्र सोमबार

पत्रकारको हातेसाङ्लो प्रदर्शनी

पत्रकारको हातेसाङ्लो प्रदर्शनी


काठमाडौँ, २५ जेठ: नेपाल पत्रकार महाङ्घले सरकारले संसद्मा पेश गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा आज ‘हातेसाङ्लो प्रर्दशन गरेको छ ।बबरमहलमा दिउँसो ३ बजेदेखि ४ घण्टासम्म हातेसाङ्लो प्रर्दशन गरेको थियो । प्रदर्शनमा विभिन्न सञ्चारमाध्यमका पत्रकार सहभागिता रहेको थियो । सबै पत्रकारले हातहात जोडेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा ‘प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर’, ‘मिडिया काउन्सिल विधेयक खारेज गर’, ‘प्रेस स्वतन्त्रताको सम्मान गर’, ‘संविधानको प्रस्तावको सम्मान गर’ जस्ता लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा आयोजित सभामा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले संविधानले प्रदत्त गरेको स्वतन्त्रता हनन हुने गरी विधेयक ल्याइएकाले खारेज वा संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले विधेयकको संशोधनका लागि महासङ्घले राखेका १६ बुँदालाई सम्बोधन गर्नुपर्ने भन्दै विधेयक संशोधन वा फिर्ता नभए सरकारविरुद्ध थप सडक आन्दोलन गर्ने बताउनुभयो ।

प्रदर्शनीमा महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा, डा सुरेश आचार्य, कान्तिपुर दैनिकका प्रधानसम्पादक नारायण वाग्ले, नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल, देशसञ्चार डटकमका प्रधानसम्पादक युवराज घिमिरेले प्रेस स्वतन्त्रता विरोधी विधेयक रहेकाले संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँहरुले विधेयकमा रहेको कतिपय कुराले सूचनाको हकलाई पनि निस्तेज पार्न खोजिएकाले संशोधन गर्नुपर्ने बताउनुभयो । विधेयकको विरुद्धमा महासङ्घ आन्दोलन गर्दै आइरहेको छ । रासस

प्रकाशित मिति : २०७६, २५ जेष्ठ शनिबार  ६ : ३७ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ