२०८२, ८ पुस मंगलबार

हावाहुरीले बांगियो साढे चार करोडमा निर्माणाधीन झोलुंगेपुल

हावाहुरीले बांगियो साढे चार करोडमा निर्माणाधीन झोलुंगेपुल


eबर्दिया , जेठ २१ : आइतबार राति आएको भीषण हावाहुरीले बबई नदीको कुसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुलमा क्षति पुगेको छ । बर्दियाको मधुवन र बारबर्दिया नगरपालिकालाई जोड्ने बबई नदी कसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुल हावाहुरीले बांगिएको छ ।

नटबोल्ट लट्ठामा कस्न नपाउँदै पुलको भाग माथि उठेको छ । पुलमा बिछ्याइएको प्लेट लट्ठामा कस्दै गर्दा हावाहुरी आएपछि क्षति पुगेको प्राविधिकले बताएका छन् । पुललाई सीधा बनाउन थप एक साता समय लाग्ने प्राविधिक पुष्प दाहालले बताए । थानी निर्माण सेवा काठमाडौँले पुल निर्माणको काम गरिरहेको छ ।

निमार्णाधीन झोलुंगेपुल चार करोड ४१ लख लागतमा बन्दै छ । सोही ठाउँमा बनाइएको झोलुंगेपुल हस्तान्तरण नहुँदै ०७१ सालमा बबई नदीमा आएको बाढीले बगाएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा यज्ञप्रसाद सापकोटाले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, २१ जेष्ठ मंगलबार  ६ : ५६ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ