२०८३, २१ आश्विन बिहीबार

हावाहुरीले बांगियो साढे चार करोडमा निर्माणाधीन झोलुंगेपुल

हावाहुरीले बांगियो साढे चार करोडमा निर्माणाधीन झोलुंगेपुल


eबर्दिया , जेठ २१ : आइतबार राति आएको भीषण हावाहुरीले बबई नदीको कुसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुलमा क्षति पुगेको छ । बर्दियाको मधुवन र बारबर्दिया नगरपालिकालाई जोड्ने बबई नदी कसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुल हावाहुरीले बांगिएको छ ।

नटबोल्ट लट्ठामा कस्न नपाउँदै पुलको भाग माथि उठेको छ । पुलमा बिछ्याइएको प्लेट लट्ठामा कस्दै गर्दा हावाहुरी आएपछि क्षति पुगेको प्राविधिकले बताएका छन् । पुललाई सीधा बनाउन थप एक साता समय लाग्ने प्राविधिक पुष्प दाहालले बताए । थानी निर्माण सेवा काठमाडौँले पुल निर्माणको काम गरिरहेको छ ।

निमार्णाधीन झोलुंगेपुल चार करोड ४१ लख लागतमा बन्दै छ । सोही ठाउँमा बनाइएको झोलुंगेपुल हस्तान्तरण नहुँदै ०७१ सालमा बबई नदीमा आएको बाढीले बगाएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा यज्ञप्रसाद सापकोटाले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, २१ जेष्ठ मंगलबार  ६ : ५६ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १