२०८३, १० भाद्र बिहीबार

राइसमिलमा आगलागी हुँदा रु डेढ करोडको क्षति

राइसमिलमा आगलागी हुँदा रु डेढ करोडको क्षति


भद्रपुर, १८ जेठ : भद्रपुर नगरपालिका–६ स्थित एग्रो राइसमिलमा आज बिहान विद्युत् चुहिएर आगलागी हुँदा रु एक करोड ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय व्यवसायी सन्तोष र राजेश गुप्ताले सञ्चालन गरेको राइसमिलमा आगलागी हुँँदा मेसिनरी सामान जलेर सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक केशव अधिकारीले बनाउनुभयो ।

आज बन्द रहेको राइसमिलमा बिहान ९ः३० बजे एक्कासी आगलागी भएको थियो । उद्योग बन्द रहेकाले मानवीय क्षति नभए पनि उद्योगका मेसिनरी सामान पूर्णरूपमा जलेर नष्ट भएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

भद्रपुर नगरपालिकाको दुई र बिर्तामोड नगरपालिकाबाट आएको एक गरी तीन दमकलले आगलागी एक घण्टामै नियन्त्रणमा लिइएको थियो । राइसमिल नजिकै पराजुली ग्यास उद्योग सञ्चालनमा रहेकाले आगो नियन्त्रणका लागि प्रहरी, स्थानीयवासीसहितको ठूलो जनशक्ति परिचालन गरिएको थियो । प्रहरीका अनुसार मिलको वल्डिङ मेसिनबाट विद्युत सर्ट भई आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।रासस

प्रकाशित मिति : २०७६, १८ जेष्ठ शनिबार  ७ : ४३ बजे

रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

बाढीमा परेकाहरूको खोजी र उद्धार तीव्र पार्न चिनियाँ राष्ट्रपतिको निर्देशन

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा बुधबार आएको भीषण बाढीपछि चिनियाँ

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी

रसुवा बाढीमा १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ