२०८३, २१ आश्विन बिहीबार

धरानमा डेङ्गु : साठी बिरामीको उपचार गरिँदै

धरानमा डेङ्गु : साठी बिरामीको उपचार गरिँदै


धरान, १७ जेठ: धरान उपमहानगरपालिकामा डेङ्गु रोग फैलिएको छ । उन्नाइस दिनमा धरानमा ६० जनामा डेङ्गु रोग देखापरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका माइक्रोबाइलोजी विभागका विभागीय प्रमुख प्राडा बसुन्धरा खनालका अनुसार ११४ जनामा गरिएको ल्याब परीक्षणका क्रममा ६० जनामा डेङ्गु देखापरेको छ ।

उपमहानगरपालिकाको पहलमा बनाइएको ‘¥यापिड रेस्पोन्स टिम’का संयोजक एवं प्रतिष्ठानका प्रा डा विजयकुमार खनालका अनुसार उपमहानगरले प्रतिष्ठानबाट दुई अल्फा साइफर मेसिन प्रयोग गरी औषधि छर्कने काम गरिरहेको छ ।

आजदेखि चिकित्सक र प्राविधिक टोलीले घर घरमा पुगेर लामखुट्टेका अण्डा र लार्भालाई नष्ट गर्ने, सो रोगबारे जनचेतना फैलाउनेलगायत काम गर्दै आएको संयोजक डा खनालले जानकारी दिनुभयो । “टोली परिचालन गरी रोग नियन्त्रणको प्रयास गरिरहेका छौँ”, प्रतिष्ठानका निर्देशक डा गौरीशङ्कर साहले भन्नुभयो । ६ वर्षदेखि ६१ वर्ष उमेर समूहका व्यक्तिमा डेङ्गु रोग देखिएको छ । रासस

प्रकाशित मिति : २०७६, १७ जेष्ठ शुक्रबार  ७ : १७ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १