२०८२, २४ असार मंगलबार

धरानमा डेङ्गु : साठी बिरामीको उपचार गरिँदै

धरानमा डेङ्गु : साठी बिरामीको उपचार गरिँदै


धरान, १७ जेठ: धरान उपमहानगरपालिकामा डेङ्गु रोग फैलिएको छ । उन्नाइस दिनमा धरानमा ६० जनामा डेङ्गु रोग देखापरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका माइक्रोबाइलोजी विभागका विभागीय प्रमुख प्राडा बसुन्धरा खनालका अनुसार ११४ जनामा गरिएको ल्याब परीक्षणका क्रममा ६० जनामा डेङ्गु देखापरेको छ ।

उपमहानगरपालिकाको पहलमा बनाइएको ‘¥यापिड रेस्पोन्स टिम’का संयोजक एवं प्रतिष्ठानका प्रा डा विजयकुमार खनालका अनुसार उपमहानगरले प्रतिष्ठानबाट दुई अल्फा साइफर मेसिन प्रयोग गरी औषधि छर्कने काम गरिरहेको छ ।

आजदेखि चिकित्सक र प्राविधिक टोलीले घर घरमा पुगेर लामखुट्टेका अण्डा र लार्भालाई नष्ट गर्ने, सो रोगबारे जनचेतना फैलाउनेलगायत काम गर्दै आएको संयोजक डा खनालले जानकारी दिनुभयो । “टोली परिचालन गरी रोग नियन्त्रणको प्रयास गरिरहेका छौँ”, प्रतिष्ठानका निर्देशक डा गौरीशङ्कर साहले भन्नुभयो । ६ वर्षदेखि ६१ वर्ष उमेर समूहका व्यक्तिमा डेङ्गु रोग देखिएको छ । रासस

प्रकाशित मिति : २०७६, १७ जेष्ठ शुक्रबार  ७ : १७ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज