२०८३, २९ भाद्र मंगलबार

आफ्नालाई जागिर खुवाउन बेइमानी : परीक्षा एक, प्रश्नपत्र फरक

आफ्नालाई जागिर खुवाउन बेइमानी : परीक्षा एक, प्रश्नपत्र फरक


काठमाडौं, जेठ १७ : पद उही । परीक्षा उही। हल उही। तर, प्रश्नपत्र फरक। यस्तो कहाँ हुन्छ ? अन्यत्र नभए पनि नेपाल रेडक्रसमा हुँदो रहेछ। रेडक्रसले परीक्षा लिएर छैटौं तह लेखा अधिकृत नियुक्ति गरेको एक वर्ष हुन लाग्यो। आफ्ना मान्छे पास गराउन त्यो परीक्षामा भएको बेइमानी भने बल्ल खुलेको छ। त्यसमा उही हलमा बसेका परीक्षार्थीलाई फरक प्रश्नपत्र दिइएको पाइएको छ। अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

एउटा २० अंकको बाहेक अरू प्रश्न भने दुवैमा मिल्छन्। द्वितीय पत्रको नेपाली खण्डको १ नम्बरमा एउटा प्रश्नपत्रमा आन्तरिक लेखा परीक्षणबारे प्रश्न छ। अर्कोमा अन्तर्राष्ट्रिय व्यापारबारे। प्रश्न फरक बन्नुको प्रकरण भने गम्भीर छ। छैटौं तहको लेखा र प्रशासनको परीक्षा उही दिन उही समय (२०७५ असार २ गते बिहान ८ बजेदेखि) भएको थियो। प्रशासनको एक प्रतिस्पर्धीलाई लेखा समूहको, त्यो पनि फरक प्रश्न दिइयो। उनको परीक्षा बिग्रियो।

उनलाई षड्यन्त्रपूर्वक असफल गराएर सफल बनाइयो तत्कालीन अध्यक्ष सञ्जीव थापाकी भतिजी प्रतीक्षा थापालाई। उनी सञ्जीवका कान्छा भाइ राजीवकी छोरी हुन्। राजीव उदयपुरमा रेडक्रस उपशाखाका सभापति छन्। ती परीक्षार्थीलाई प्रशासनकै प्रश्न परेको भए थापाले सम्भवतः पास गर्ने थिइनन्। यसबारे रेडक्रस केन्द्रीय पदपूर्ति समितिका तत्कालीन सभापति सुरेन्द्र ऐरले फरकफरक प्रश्नपत्रको प्रकरण स्वीकारे।

प्रकाशित मिति : २०७६, १७ जेष्ठ शुक्रबार  ६ : ४९ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक