२०८२, ९ चैत्र मंगलबार

‘लु’ चलेपछि विद्यालय बन्द

‘लु’ चलेपछि विद्यालय बन्द


बाँके, १६ जेठ: तापक्रम बढेर तातो हावा अर्थात् ‘लु’ चल्न थालेपछि बाँकेको जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगञ्जका अनुसार तापक्रम गत सातादेखि ३८ देखि ४२ डिग्री सेल्सियस आसपास रहेको छ । तापक्रमस्थिर भएसँगै एक सातादेखि तातो हावा (लु) चलिरहेको छ । अत्यधिक तापक्रमका कारण दिउँसो घरबाट बाहिर निस्कने अवस्था छैन । गर्मी र तातो हावाका कारण विशेष गरी ग्रामीण क्षेत्रका विद्यालयको पठनपाठन प्रभावित भएको छ । विद्युत् आपूर्तिसमेत अनियमित हुँदा नेपालगञ्जलगायत आसपास क्षेत्रका बासिन्दाको जनजीवन थप कष्टकर बनेको छ ।

विद्युत् प्राधिकरण कार्यालय नेपालगञ्ज वितरण केन्द्रले सकेसम्म विद्युत् आपूर्ति नियमित गर्ने प्रयास गर्दै आएको छ । गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पात लिएको छ । बजारमा चिसो पेय पदार्थको बिक्री ह्वात्तै बढेको छ ।गर्मी अत्यधिक बढेसँगै यहाँका दुई स्थानीय तहले एक सातासम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । प्याब्सन, एन प्याब्सन र क्रिसाले कोहलपुर नगरपालिका र वैजनाथ गाउँपालिकाका सबै विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । प्याब्सन कोहलपुरका अध्यक्ष यम रावतले गर्मीका कारण जेठ १९ देखि २४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

“बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरेका हौँ । यस पटक दिइएको बिदालाई वर्षे बिदामा कटौती गरिनेछ”, अध्यक्ष रावतले भन्नुभयो ।गर्मीका कारण सरुवा रोगका बिरामीको चाप बढ्दै गएको चिकित्सकले बताएका छन् । भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताललगायत अस्पतालमा बिरामीको चाप बढेको छ । ‘लु’बाट बच्न खानपानमा ध्यान दिनुका साथै पानीलाई उमालेर वा छानेर खान चिकित्सकले सुझाव दिएका छन् ।

दैनिक प्रयोग गर्ने भाँडाकुँडा सफा राख्ने, खाना खानुभन्दा अघि र पछि हात राम्रोसँग साबुन पानीले धुनुका साथै अत्यावश्यकीय कामबाहेक दिउँसोको समयमा बाहिर ननिस्कन चिकित्सकले सुझाएका छन् । भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेन्ट डा रुपानन्द अधिकारीले उपचार गर्न आउने अधिकांश भाइरल ज्वरोका बिरामी रहेको बताउनुभयो ।

अस्पतालका अनुसार बहिरङ्ग कक्षमा भर्ना भएकामध्ये आधा ज्वरोका बिरामी छन् । दैनिक १०० भन्दा बढी जना उपचारका लागि आउने गरेका छन् । गर्मी बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । अस्पताल भर्ना हुने अधिकांश बिरामी सरुवा रोगका छन् । गाउँका स्वास्थ्य चौकीमा पनि बिरामीको उत्तिकै चाप छ । बजार क्षेत्रका निजी अस्पताल र क्लिनिकमा पनि उपचार गर्न आउने बिरामीको सङ्ख्या अत्यधिक छ ।रासस

प्रकाशित मिति : २०७६, १६ जेष्ठ बिहीबार  ७ : ४० बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार