२०८३, ७ कार्तिक शनिबार

साउनदेखि गाडी आयातमा नयाँ नियम

साउनदेखि गाडी आयातमा नयाँ नियम


काठमाडौं, जेठ १२ : सरकारले १ साउनदेखि युरो ४ स्ट्यान्डर्डका गाडी मात्रै आयात गर्ने तयारी गरेको छ । युरो ३ स्ट्यान्डर्डका गाडीले अत्यधिक प्रदूषण भएपछि सवारी आयातमा यस्तो मापदण्ड लागू गर्न लागिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ । वन तथा वातावरण मन्त्रालयका सहसचिव यज्ञ दाहालको संयोजकत्वमा युरो ४ स्ट्यान्डर्ड गाडी आयातका विषयमा अध्ययन गर्न गठित कार्यदलले सरोकारवाला निकायसँग छलफल गरी प्रतिवेदन बुझाउने अन्तिम तयारी गरिरहेको मन्त्रालयले जनाएको छ । ‘कार्यदलले प्रतिवेदन बुझाएलगत्तै मन्त्रिपरिषद्बाट पारित भएपछि युरो ४ गाडी मात्रै आयात गरिन्छ,’ सहसचिव सिन्धुप्रसाद ढुंगानाले भने ।

तर, युरो ४ मापदण्ड कहाँ र कस्ता गाडीमा लगाउने भन्ने विषयमा विवाद भइरहेको छ । व्यवसायीहरू पहाडी क्षेत्रमा चल्ने सवारीमा यस्तो मापदण्ड लगाउन नहुने लबिङ गरिरहेका छन् । वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पनि पहाडी क्षेत्रका यात्रुलाई समस्या हुन सक्ने भएकाले उपत्यकाभित्र आयात हुने गाडीलाई मात्र युरो ४ मापदण्ड लागू गरिने बताएका छन् । तर, सरोकारवाला निकायले भने अलगअलग मापदण्डका आधारमा आयात गर्दा नियमन गर्न कठिन हुने बताएका छन् ।

व्यवसायीहरूले विकास निर्माणका सामग्री र कृषिसम्बन्धी औजार आयातमा युरो ४ लागू नगर्न चर्को दबाब दिइरहेको सहसचिव ढुंगानाले जानकारी दिए । ‘हामीलाई विकासविरोधी भन्ने आरोप लाग्न सक्छ, त्यसैले विकास निर्माण र कृषि औजारमा युरो ४ लागू गर्ने पक्षमा छैनौँ,’ उनले भने, ‘तर, सरकारी, निजी र सार्वजनिक सवारीसाधनमा भने कडाइका साथ मापदण्ड लागू गर्छौँ ।’

वन तथा वातावरण मन्त्रालयले २२ जेठ स्वच्छ वातावरण महाभियान ०७५ सँगै युरो ४ स्ट्यान्डर्डमा जाने घोषणा गरिएको थियो । प्रधानमन्त्री केपी ओलीले जाउलाखेलमा अभियानको उद्घाटन गरी यसको घोषणा गरेका थिए । त्यसपछि मन्त्रालयका सहसचिव दाहालको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । ६ सदस्यीय कार्यदलमा यातायात मन्त्रालय, भन्सार विभाग, नेपाल आयल निगम, कानुन मन्त्रालय, सोसाइटी अफ मेकानिकल इन्जिनियर नेपाल, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का प्रतिनिधि छन् ।

विश्वका प्रायः मुलुकहरू युरो ४ र युरो ५ स्ट्यान्डर्डमा गइसकेका छन् । नेपालमा भने धेरैजसो गाडी युरो ३ स्ट्यान्डर्डका छन् । युरो ४ गाडीले कम प्रदूषण गर्छ । यसले तेल खपत पनि कम गर्छ । प्रदूषण कम गर्न सन् १९९२ देखि सवारीसाधनमा उत्सर्जन मापदण्ड लागू गरिएको थियो । कतिपय स्थानमा युरो ४ स्ट्यान्डर्ड लागू भइसकेको छ ।

प्रकाशित मिति : २०७६, १२ जेष्ठ आईतबार  ७ : ०७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना