२०८३, ८ कार्तिक आईतबार

मिडिया काउन्सिल विधेयक फिर्ता हुदैँनः मन्त्री बास्कोटा (भिडियो सहित)

मिडिया काउन्सिल विधेयक फिर्ता हुदैँनः मन्त्री बास्कोटा (भिडियो सहित)


काठमाण्डौ, ११ जेठ: सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् ।

शनिबार काभ्रेको बनेपामा डाँडापारी सन्देश साप्तिक पत्रिकाको वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले सामानुपातिक विज्ञान दिने नियम ल्याउन खोज्दा ठूला मिडिया सञ्चालकहरुले विधेयकलाई प्रोपोकाण्ड मच्याएको आरोप लगाए । ‘विधेयक फिर्ता गर्ने कुरा हुन सक्दैन, कुन बुदाँमा के कुरा सच्याउनु पर्ने हो, बसेर छलफल गरौँ, मन्त्री बास्कोटाले भने ‘तर सरकारले मिडियालाई नियम चाँहि गर्छ ।’

मिडिया काउन्सिल विधेयक ल्याउँदा पत्रकारहरु रुनु पर्ने अवस्थामा नरहेको मन्त्री बास्कोटाले ठोकुवा गरे । ‘म आफै पत्रकार हुँ, उनले भने पत्रकारको समस्या मलाई राम्रोसँग थाहा छ, काउन्सिल विधेयक पत्रकारहरुको हितमा छ, यो विधेयक मजदुरलाई न्याय दिने खालको छ ।’

सरकारले तीब्र गतिमा काम गरिरहेको भन्दै बदनाम गराउन स्याल हुयाँ मच्याउन खोजेको उनको भनाइ छ । ‘समाजमा भ्रममात्रै सिर्जना गरेर विकास हुदैँन, उनले भने ‘मजदुरको हितका निम्ती कम्युनिष्ट सरकारले काम गर्दा बदनाम हुइन्छ भने केहि फरक पर्दैन ।’
(अब हेरौँ भिडियो)

https://www.youtube.com/watch?v=FVn09AfPeGc

प्रकाशित मिति : २०७६, ११ जेष्ठ शनिबार  ४ : ०० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना