२०८३, २० भाद्र आईतबार

काभ्रेका ग्राहकको जुनसुकै बेला विद्यूत लाइन काटिने

काभ्रेका ग्राहकको जुनसुकै बेला विद्यूत लाइन काटिने


रवि धिताल/ धुलिखेल: नेपाल विद्यूत प्राधिकरण काभ्रे विवरण केन्द्रले जिल्लाका ग्राहकको विद्यूत लाइन काट्ने चेतावनी दिएको छ ।

आइतबार सार्वजनिक सुचना निकालेर केन्द्रले जिल्लामा बक्यौता रकम तिर्न ग्राहकहरुले आनाकानी गरेको भन्दै लाइन काट्ने चेतावनी दिएको हो । केन्द्रका प्रमूख रञ्जन राज गुरुङले ९० महिनादेखि कै बक्यौता बाँकी रहेको जानकारी दिदैँ त्यस्ता ग्राहकको लाइन काटिने बताए ।

केन्द्रले ६० दिनभन्दा बढीको विद्यूत महशुल भूक्तानी गर्न बाँकी रहेका ग्राहकको बिना कुनै जानकारी जुनसुकै बेला पनि लाइन काटिने बताएको छ । समयमै विद्यूत महशुल र बक्यौता भूक्तानी गरेर थप आर्थिक भार नपर्ने र लाइन काटिने झन्झटबाट जोगिन पनि केन्द्रले ग्राहकलाई सचेत गराएको छ ।

जिल्लाको बनेपा, धुलिखेल, पनौती, पाँचखाल र भकुण्डेबेसीबाट विद्यूत सेवा लिने र महशुल नतिर्ने ग्राहकको लाइन काटिने केन्द्र प्रमूख गुरुङले बताए । ‘निकै लामो समय देखि विद्यूत महशुल बक्यौता बाँकी छ, तिर्न नसक्नुको कारण थाहा पाउनका लागि पनि हामीले यो सार्वजनिक सुचना जारी गरेका हौँ, उनले भने ‘ग्राहकलाई पटक पटक जानकारी गराइसकेका छौँ, जुनसुकै बेला पनि लाइन काटिन सक्छ ।’

केन्द्रका अनुसार जिल्लामा २२ करोडको हाराहारीमा विजुली बत्ती बाले बापतको रकम उठन सकेको छैन् । भूक्तानी नगर्नेमा सरकारी कार्यालय देखि उद्योग कलकारखानासम्म रहेका छन् । जिल्लाका नगरपालिकाहरुले बालेको सडक बत्तीको मात्रै ५ करोड रकम बक्यौता बाँकी रहेको छ ।

२०७५ साउनदेखि उताको सडक बत्तिको रक मभने मन्त्रालयबाटै मिलान गर्ने पत्र काभ्रेको वितरण केन्द्रमा आएको छ । तर साउन देखि यताको सडक बत्तीको रकम पनि नगरपालिकाहरुले अहिलेसम्म नबुझाएको केन्द्रका प्रमूख गुरुङले बताए । यसरी समयमै भूक्तानी नगर्दा ग्राहकलाई नै आर्थिक भार पर्ने भन्दै केन्द्रले जतिसक्दो छिटो रकम भूक्तानी गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७६, २९ बैशाख आईतबार  ७ : ५६ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ