२०८३, ८ कार्तिक आईतबार

काभ्रेका ग्राहकको जुनसुकै बेला विद्यूत लाइन काटिने

काभ्रेका ग्राहकको जुनसुकै बेला विद्यूत लाइन काटिने


रवि धिताल/ धुलिखेल: नेपाल विद्यूत प्राधिकरण काभ्रे विवरण केन्द्रले जिल्लाका ग्राहकको विद्यूत लाइन काट्ने चेतावनी दिएको छ ।

आइतबार सार्वजनिक सुचना निकालेर केन्द्रले जिल्लामा बक्यौता रकम तिर्न ग्राहकहरुले आनाकानी गरेको भन्दै लाइन काट्ने चेतावनी दिएको हो । केन्द्रका प्रमूख रञ्जन राज गुरुङले ९० महिनादेखि कै बक्यौता बाँकी रहेको जानकारी दिदैँ त्यस्ता ग्राहकको लाइन काटिने बताए ।

केन्द्रले ६० दिनभन्दा बढीको विद्यूत महशुल भूक्तानी गर्न बाँकी रहेका ग्राहकको बिना कुनै जानकारी जुनसुकै बेला पनि लाइन काटिने बताएको छ । समयमै विद्यूत महशुल र बक्यौता भूक्तानी गरेर थप आर्थिक भार नपर्ने र लाइन काटिने झन्झटबाट जोगिन पनि केन्द्रले ग्राहकलाई सचेत गराएको छ ।

जिल्लाको बनेपा, धुलिखेल, पनौती, पाँचखाल र भकुण्डेबेसीबाट विद्यूत सेवा लिने र महशुल नतिर्ने ग्राहकको लाइन काटिने केन्द्र प्रमूख गुरुङले बताए । ‘निकै लामो समय देखि विद्यूत महशुल बक्यौता बाँकी छ, तिर्न नसक्नुको कारण थाहा पाउनका लागि पनि हामीले यो सार्वजनिक सुचना जारी गरेका हौँ, उनले भने ‘ग्राहकलाई पटक पटक जानकारी गराइसकेका छौँ, जुनसुकै बेला पनि लाइन काटिन सक्छ ।’

केन्द्रका अनुसार जिल्लामा २२ करोडको हाराहारीमा विजुली बत्ती बाले बापतको रकम उठन सकेको छैन् । भूक्तानी नगर्नेमा सरकारी कार्यालय देखि उद्योग कलकारखानासम्म रहेका छन् । जिल्लाका नगरपालिकाहरुले बालेको सडक बत्तीको मात्रै ५ करोड रकम बक्यौता बाँकी रहेको छ ।

२०७५ साउनदेखि उताको सडक बत्तिको रक मभने मन्त्रालयबाटै मिलान गर्ने पत्र काभ्रेको वितरण केन्द्रमा आएको छ । तर साउन देखि यताको सडक बत्तीको रकम पनि नगरपालिकाहरुले अहिलेसम्म नबुझाएको केन्द्रका प्रमूख गुरुङले बताए । यसरी समयमै भूक्तानी नगर्दा ग्राहकलाई नै आर्थिक भार पर्ने भन्दै केन्द्रले जतिसक्दो छिटो रकम भूक्तानी गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७६, २९ बैशाख आईतबार  ७ : ५६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना