२०८३, ३० भाद्र बुधबार

१९ बालबालिकाको उद्धार, बालगृह सञ्चालक फरार

१९ बालबालिकाको उद्धार, बालगृह सञ्चालक फरार


काठमाडौँ, बैशाख २४ : गैरकानुनी रूपमा सञ्चालित बूढानीलकण्ठ–८ गोल्फुटारस्थित न्यू कर्णाली होस्टेल नामको बालगृहबाट १९ बालबालिकाको उद्धार गरिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । बालगृह सञ्चालक बेपत्ता भएपछि प्रहरी र केन्द्रीय बालकल्याण समितिको टोलीले बालबालिकाको उद्धार गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार बालगृहमा चार बालिका र १५ जना बालक आश्रित थिए ।

जसमध्ये कालिकोटका १४, हुम्लाका तीन, डोल्पा र बाँकेका एक–एक बालकालिका छन् । उद्धार गरिएका अधिकांश बालबालिका दलित समुदायका छन् । उनीहरूको आर्थिक अवस्था कमजोर रहेको प्रहरीको भनाइ छ । उद्धारपछि १२ लाई काँडाघारीस्थित साझा मञ्च र सातजना बालबालिकालाई बालुवाटारस्थित हिमाली नवीन समाज नामको बालगृहमा लगिएको छ । बालगृह एक वर्षदेखि सञ्चालनमा रहेको भए पनि दर्ता नगरिएको वृत्त प्रमुख डिएसपी फणिन्द्रप्रसाईंले बताए । ‘१९ बालबालिकालाई अवैध रूपमा राखिएको भेटियो,’ प्रसाईंले भने । प्रहरीका अनुसार अवैध बालगृह सञ्चालक कालिकोटका जयबहादुर विश्वकर्मा हुन् ।

उनी दुई महिनादेखि फरार रहेको प्रहरीको भनाइ छ । सञ्चालक फरार हुँदा बालबालिकाले राम्रोसँग खाना पनि पाएका थिएनन् । होस्टेलका कामदारले आसपासका किराना पसलबाट दुई महिनादेखि उधारोमा रासन ल्याएर खुवाउने गरेको डिएसपी प्रसाईंले बताए । बालबालिकाको स्वास्थ्य अवस्था राम्रै रहेको भए पनि सरसफाइ नगरिएको पाइएको छ । बालगृह पनि अस्तव्यस्त रहेको छ । सञ्चालक विश्वकर्माको खोजी भइरहेको उनले बताए ।

प्रहरीका अनुसार सञ्चालक विश्वकर्माले अभिभावकसँग पढाइदिने आश्वासन दिएर कर्र्णालीबाट बालबालिका ल्याएका थिए । उनले ४३ जना बालबालिका लिएको र त्यसबापत रकम पनि लिएको पाइएको प्रदर्शनीमार्गस्थित बालबालिका खोजतलास समन्वय केन्द्रका इन्स्पेक्टर मोहनविक्रम दाहालले बताए । ‘अहिले ४३ मध्ये १९ बालबालिका फेला परेका छन् ।

२४ बालकालिकालाई अभिभावकको जिम्मा लगाएको भनेका छन् । तर, डकुमेन्ट केही भेटिएको छैन । उनीहरूका विषयमा अनुसन्धान भइरहेको छ,’ दाहालले भने । उनले बालबालिकालाई काठमाडौं ल्याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत नलिएको प्रहरीले जनाएको छ । कानुनीअनुसार, बालबालिकालाई संरक्षणका लागि एक जिल्लाबाट अर्को जिल्लामा लैजाँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिनुपर्छ ।

प्रकाशित मिति : २०७६, २४ बैशाख मंगलबार  ७ : २७ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला