२०८२, २४ कार्तिक सोमबार

१९ बालबालिकाको उद्धार, बालगृह सञ्चालक फरार

१९ बालबालिकाको उद्धार, बालगृह सञ्चालक फरार


काठमाडौँ, बैशाख २४ : गैरकानुनी रूपमा सञ्चालित बूढानीलकण्ठ–८ गोल्फुटारस्थित न्यू कर्णाली होस्टेल नामको बालगृहबाट १९ बालबालिकाको उद्धार गरिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । बालगृह सञ्चालक बेपत्ता भएपछि प्रहरी र केन्द्रीय बालकल्याण समितिको टोलीले बालबालिकाको उद्धार गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार बालगृहमा चार बालिका र १५ जना बालक आश्रित थिए ।

जसमध्ये कालिकोटका १४, हुम्लाका तीन, डोल्पा र बाँकेका एक–एक बालकालिका छन् । उद्धार गरिएका अधिकांश बालबालिका दलित समुदायका छन् । उनीहरूको आर्थिक अवस्था कमजोर रहेको प्रहरीको भनाइ छ । उद्धारपछि १२ लाई काँडाघारीस्थित साझा मञ्च र सातजना बालबालिकालाई बालुवाटारस्थित हिमाली नवीन समाज नामको बालगृहमा लगिएको छ । बालगृह एक वर्षदेखि सञ्चालनमा रहेको भए पनि दर्ता नगरिएको वृत्त प्रमुख डिएसपी फणिन्द्रप्रसाईंले बताए । ‘१९ बालबालिकालाई अवैध रूपमा राखिएको भेटियो,’ प्रसाईंले भने । प्रहरीका अनुसार अवैध बालगृह सञ्चालक कालिकोटका जयबहादुर विश्वकर्मा हुन् ।

उनी दुई महिनादेखि फरार रहेको प्रहरीको भनाइ छ । सञ्चालक फरार हुँदा बालबालिकाले राम्रोसँग खाना पनि पाएका थिएनन् । होस्टेलका कामदारले आसपासका किराना पसलबाट दुई महिनादेखि उधारोमा रासन ल्याएर खुवाउने गरेको डिएसपी प्रसाईंले बताए । बालबालिकाको स्वास्थ्य अवस्था राम्रै रहेको भए पनि सरसफाइ नगरिएको पाइएको छ । बालगृह पनि अस्तव्यस्त रहेको छ । सञ्चालक विश्वकर्माको खोजी भइरहेको उनले बताए ।

प्रहरीका अनुसार सञ्चालक विश्वकर्माले अभिभावकसँग पढाइदिने आश्वासन दिएर कर्र्णालीबाट बालबालिका ल्याएका थिए । उनले ४३ जना बालबालिका लिएको र त्यसबापत रकम पनि लिएको पाइएको प्रदर्शनीमार्गस्थित बालबालिका खोजतलास समन्वय केन्द्रका इन्स्पेक्टर मोहनविक्रम दाहालले बताए । ‘अहिले ४३ मध्ये १९ बालबालिका फेला परेका छन् ।

२४ बालकालिकालाई अभिभावकको जिम्मा लगाएको भनेका छन् । तर, डकुमेन्ट केही भेटिएको छैन । उनीहरूका विषयमा अनुसन्धान भइरहेको छ,’ दाहालले भने । उनले बालबालिकालाई काठमाडौं ल्याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत नलिएको प्रहरीले जनाएको छ । कानुनीअनुसार, बालबालिकालाई संरक्षणका लागि एक जिल्लाबाट अर्को जिल्लामा लैजाँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिनुपर्छ ।

प्रकाशित मिति : २०७६, २४ बैशाख मंगलबार  ७ : २७ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य