२०८२, २४ असार मंगलबार

महाभारतको गाउँ–गाउँमा सार्वजनिक सुनुवाई, विद्युत र टेलिफोन टावर निर्माण गरिदिन माग

महाभारतको गाउँ–गाउँमा सार्वजनिक सुनुवाई, विद्युत र टेलिफोन टावर निर्माण गरिदिन माग


काठमाडौ २१ बैशाख : काभ्रेको महाभारत गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा सम्पादन गरेका विकास आयोजना र जनताले भोगेका समस्याबारे वडा–वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिरहेको छ ।

वैशाख १६ गतेबाट सुरु भएको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं ३ का सांसद रत्न ढकालले महाभारत गाउँपालिकालाई आर्थिक रुपमा सवल र भौतिक पूर्वाधार निर्माणका हिसाबले सबैभन्दा अब्बल बनाउने बताएका छन् । उनले विकट भनेर चिनिने गाउँपालिका महाभारतलाई निकट भविष्यमै पक्की मोटरबाटोले जोडेर सुगमताको आभास दिलाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
सांसद ढकालले महाभारतलाई विशेष गाउँपालिकाको रुपमा विकास गर्न प्रदेश सरकारले विशेष अनुदान स्वरुप ५ करोड रुपैयाँ छुट्याएको बताए ।

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जनताका वास्तविक समस्या,आवश्यकता र भइरहेका विकासका कामको बारेमा जनतासँग प्रत्यक्ष जानकारी लिन गाउँपालिकाको आठवटै वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।

उनले गाउँपालिकाको वडा नम्बर १ देखि ८ सम्मकै घर–घरमा पुगेर जनताको गुनासो सुन्ने र त्यसलाई सम्बोधन गर्न आफू लागिपर्ने बताए । स्थानीय तहलाई सुशासनमैत्री बनाउन आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाभित्र रहेका सबै संघसंस्था, वडाका जनप्रतिनिधि र स्थानीयको सक्रिय सहभागिता रहेको छ ।

सार्वजनिक सुनुवाई क्रममा स्थानीयले खानेपानी, विद्युत, स्वास्थ्य, मोटरबाटो र भूकम्प पीडितहरुले आवास निर्माणका लागि अनुदान नपाएको गुनासो गरेका छन् । सुनुवाइका क्रममा वडा नं. ८ का स्थानीय दिलिप मगरले टेलिफोन टावर नहुँदा यहाँका स्थानीयले धेरै ठूलो समस्या व्यहोर्नुपरेको परेको गुनासो पोख्दै टावर निर्माण गरिदिन आग्रह गरेका छन् ।

कार्यक्रममा गाउँपालिका प्रमुख कान्छालाल जिम्बा, उप–प्रमुख चेतकुमारी माझी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाका जनप्रतिनिधिहरु, विषयगत कार्यालयका प्रमुखहरु सहभागी छन् । वैशाख १६ गतेदेखि सुरु भएको सार्वजनिक सुनुवाई बैशाख २४ गतेसम्म सञ्चालन हुनेछ

सार्वजनिक सुनुवाईमा आफ्नो गुनासो राख्दै स्थानीय

प्रकाशित मिति : २०७६, २१ बैशाख शनिबार  २ : ४१ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज