२०८३, ३१ असार बिहीबार

महाभारतको गाउँ–गाउँमा सार्वजनिक सुनुवाई, विद्युत र टेलिफोन टावर निर्माण गरिदिन माग

महाभारतको गाउँ–गाउँमा सार्वजनिक सुनुवाई, विद्युत र टेलिफोन टावर निर्माण गरिदिन माग


काठमाडौ २१ बैशाख : काभ्रेको महाभारत गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा सम्पादन गरेका विकास आयोजना र जनताले भोगेका समस्याबारे वडा–वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिरहेको छ ।

वैशाख १६ गतेबाट सुरु भएको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं ३ का सांसद रत्न ढकालले महाभारत गाउँपालिकालाई आर्थिक रुपमा सवल र भौतिक पूर्वाधार निर्माणका हिसाबले सबैभन्दा अब्बल बनाउने बताएका छन् । उनले विकट भनेर चिनिने गाउँपालिका महाभारतलाई निकट भविष्यमै पक्की मोटरबाटोले जोडेर सुगमताको आभास दिलाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
सांसद ढकालले महाभारतलाई विशेष गाउँपालिकाको रुपमा विकास गर्न प्रदेश सरकारले विशेष अनुदान स्वरुप ५ करोड रुपैयाँ छुट्याएको बताए ।

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जनताका वास्तविक समस्या,आवश्यकता र भइरहेका विकासका कामको बारेमा जनतासँग प्रत्यक्ष जानकारी लिन गाउँपालिकाको आठवटै वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।

उनले गाउँपालिकाको वडा नम्बर १ देखि ८ सम्मकै घर–घरमा पुगेर जनताको गुनासो सुन्ने र त्यसलाई सम्बोधन गर्न आफू लागिपर्ने बताए । स्थानीय तहलाई सुशासनमैत्री बनाउन आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाभित्र रहेका सबै संघसंस्था, वडाका जनप्रतिनिधि र स्थानीयको सक्रिय सहभागिता रहेको छ ।

सार्वजनिक सुनुवाई क्रममा स्थानीयले खानेपानी, विद्युत, स्वास्थ्य, मोटरबाटो र भूकम्प पीडितहरुले आवास निर्माणका लागि अनुदान नपाएको गुनासो गरेका छन् । सुनुवाइका क्रममा वडा नं. ८ का स्थानीय दिलिप मगरले टेलिफोन टावर नहुँदा यहाँका स्थानीयले धेरै ठूलो समस्या व्यहोर्नुपरेको परेको गुनासो पोख्दै टावर निर्माण गरिदिन आग्रह गरेका छन् ।

कार्यक्रममा गाउँपालिका प्रमुख कान्छालाल जिम्बा, उप–प्रमुख चेतकुमारी माझी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाका जनप्रतिनिधिहरु, विषयगत कार्यालयका प्रमुखहरु सहभागी छन् । वैशाख १६ गतेदेखि सुरु भएको सार्वजनिक सुनुवाई बैशाख २४ गतेसम्म सञ्चालन हुनेछ

सार्वजनिक सुनुवाईमा आफ्नो गुनासो राख्दै स्थानीय

प्रकाशित मिति : २०७६, २१ बैशाख शनिबार  २ : ४१ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै