२०८३, ७ कार्तिक शनिबार

धुलिखेलका मेयर ब्याञ्जु पुगे सडक सफा गर्न काभ्रे भञ्ज्याङ

धुलिखेलका मेयर ब्याञ्जु पुगे सडक सफा गर्न काभ्रे भञ्ज्याङ


रवि धिताल/१४ बैशाख : काभ्रेको पर्यटकीय नगर धुलिखेल नगरपालिकाले सरसफाई कार्यक्रमलाइ अभियानकै रुपमा लैजाने भएको छ ।

सरसफाई अभियानको शनिबार नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जुले नगरपालिकाको वडा नम्बर ११ काभ्रे भञ्ज्याङबाट सुरु गरे । उनका अनुसार अब हरेक हप्ताको शनिबार सबै वडा कार्यालयहले आ–आफ्नो क्षेत्रमा सरसफाई कार्यक्रम सञ्चालन गर्ने छन् । ‘हामीले हाम्रो नगरलाई स्वच्छ र हराभरा बनाउनका लागि यो काम सुरु गरेका हौँ, उनले भने ‘यो अभियान हरेक वडा, वस्तीसम्म पुग्ने छ ।’

मेयर ब्याञ्जु आफै झाडु हातमा लिएर सडक सफा गर्न पुगेका थिए । ‘हामीले दिनको आधा घण्टा, एक घण्टा मात्रै समय निकालेर आफु बसेको वरपर सरसफाई गर्ने हो पनि वातावरण स्वच्छ हुन्छ, उनले भने ‘वातावरण स्वच्छ हुनु भनेकै समाज पनि स्वच्छ हुनु हो ।’

मेयरको साथमा उपमेयर बिमला शर्मा, वडा नम्बर ११ का वडा अध्यक्ष बिष्णु धिताल (काभ्रेली), नगरपालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी, प्रहरी, महिला स्वास्थ्य स्वयम सेविका पनि सहभागि बने । संकलन गरिएको फोहोर नगरपालिकाको गाडीले डविङ साइटमा पुर्याएको थियो ।

प्रकाशित मिति : २०७६, १४ बैशाख शनिबार  ५ : ११ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना