२०८२, ८ पुस मंगलबार

‘काल’ बन्दै दाइजोः प्रहरी देखेपछि शव छाडेर मलामीको भागाभाग !

‘काल’ बन्दै दाइजोः प्रहरी देखेपछि शव छाडेर मलामीको भागाभाग !


काठमाडौं, बैशाख ८ : तराई–मधेसका महिलाहरु सुखसयलका साथ बाँकी जीवन विताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात ‘ससुराल’ जान्छन् । तर कतिपय महिलाका लागि त्यही ससुराल ‘दहेज’ कै कारण ‘काल’ बनेको छ ।

यस्तैखाले दुखद घटनाको पछिल्लो उदाहरण बनेकी छन्, वीरगन्ज महानगरपालिका–२३ प्रसौनी विर्ताकी २८ बर्षीया अन्जुदेवी तात्वाँ । शुक्रबार दिउँसो सिर्सिया नदीमा अन्जुदेवीको शव जलाउन लागेको बेला प्रहरीले नियन्त्रणमा लियो ।

सो घटनासँगै तराई–मधेसका महिलाका लागि ‘ससुराल’ कति सुरक्षित छ या छैन भन्ने प्रश्न उठेको छ । प्रहरीका अनुसार अन्जुदेवीको शव जलाउन उनका पति पन्नालाल दास र उनका आफन्तले अन्तिम तयारी गरिरहेका थिए । ‘कुटपिट गरी एकजना महिलाको हत्या गरिएको र शव अन्त्येष्टीका लागि लगिएको खबर आएपछि प्रहरी टोली त्यहाँ तत्कालै पठाइयो’, पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, मृत्यु शंकास्पद देखिन्छ, किनभने प्रहरी देख्नासाथ मृतकका पति पन्नालालसहित सबै मलामी भागे ।’

पन्नालाल र आफन्तले सुरुमा अन्जुदेवीको शव भारतमा लगेर दाहसंस्कार गर्न खोजे पनि एम्बुलेन्सले नमानेपछि सिर्सिया नदीको घाटमा पुर्‍याइएको थियो । नियन्त्रणमा लिएको शव नारायणी अस्पतालमा पठाइएको र पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै मृत्युको कारण यकिन हुने ढकालले बताए । -नागरिक दैनिकबाट

प्रकाशित मिति : २०७६, ८ बैशाख आईतबार  ६ : ५६ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ