२०८२, ७ चैत्र आईतबार

‘काल’ बन्दै दाइजोः प्रहरी देखेपछि शव छाडेर मलामीको भागाभाग !

‘काल’ बन्दै दाइजोः प्रहरी देखेपछि शव छाडेर मलामीको भागाभाग !


काठमाडौं, बैशाख ८ : तराई–मधेसका महिलाहरु सुखसयलका साथ बाँकी जीवन विताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात ‘ससुराल’ जान्छन् । तर कतिपय महिलाका लागि त्यही ससुराल ‘दहेज’ कै कारण ‘काल’ बनेको छ ।

यस्तैखाले दुखद घटनाको पछिल्लो उदाहरण बनेकी छन्, वीरगन्ज महानगरपालिका–२३ प्रसौनी विर्ताकी २८ बर्षीया अन्जुदेवी तात्वाँ । शुक्रबार दिउँसो सिर्सिया नदीमा अन्जुदेवीको शव जलाउन लागेको बेला प्रहरीले नियन्त्रणमा लियो ।

सो घटनासँगै तराई–मधेसका महिलाका लागि ‘ससुराल’ कति सुरक्षित छ या छैन भन्ने प्रश्न उठेको छ । प्रहरीका अनुसार अन्जुदेवीको शव जलाउन उनका पति पन्नालाल दास र उनका आफन्तले अन्तिम तयारी गरिरहेका थिए । ‘कुटपिट गरी एकजना महिलाको हत्या गरिएको र शव अन्त्येष्टीका लागि लगिएको खबर आएपछि प्रहरी टोली त्यहाँ तत्कालै पठाइयो’, पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, मृत्यु शंकास्पद देखिन्छ, किनभने प्रहरी देख्नासाथ मृतकका पति पन्नालालसहित सबै मलामी भागे ।’

पन्नालाल र आफन्तले सुरुमा अन्जुदेवीको शव भारतमा लगेर दाहसंस्कार गर्न खोजे पनि एम्बुलेन्सले नमानेपछि सिर्सिया नदीको घाटमा पुर्‍याइएको थियो । नियन्त्रणमा लिएको शव नारायणी अस्पतालमा पठाइएको र पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै मृत्युको कारण यकिन हुने ढकालले बताए । -नागरिक दैनिकबाट

प्रकाशित मिति : २०७६, ८ बैशाख आईतबार  ६ : ५६ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको