२०८३, २८ भाद्र सोमबार

तेमालमा प्रमूख प्रशासकीय अधिकृत लामाको छड्के : कारबाहीमा परे शिक्षक

तेमालमा प्रमूख प्रशासकीय अधिकृत लामाको छड्के : कारबाहीमा परे शिक्षक


काठमाण्ठौँ, ७ बैशाख : काभ्रेको तेमाल गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत नवीन लामाले पालिका भित्रका सरकारी कार्यालयमा छड्के अनुगमन सुरु गरेका छन् ।

उनले वडा कार्यालय देखि सामुदायिक विद्यालयसम्मको छड्के अनुगमन गरेका हुन् । अनुगमनका क्रममा कार्यालय समयभित्र कार्यालयमा उपस्थित नहुने कर्मचारीको हाजिरी रद्द गरिदिएका छन् । ‘कर्मचारीले काम गरेर मात्रै तलबभत्ता लिनुपर्छ भन्ने तिथी बनाउन खोजेको हुँ, उनले भने ‘पूर्व जानकारी नदिइ बिदामा बसेर तलब सुविधा लिन पाइदैन् ।’


तेमाल गाउँपालिकामा ९ वटा वडा छन् । जसमा ४८ वटा विद्यालय रहेकोमा अहिले ४३ वटा विद्यालय कायम गरिएको प्रमूख प्रशासकीय अधिकृत लामाले जानकारी दिए । उनले वडा नम्बर १ को जनचेतना मावि र पञ्चकन्या आधारभूत विद्यालयमा छड्के अनुगमन गरेका हुन् । त्यस्तै वडा नम्बर ७ को राधाकृष्ण मावि र भूमेश्वर आधारभूत विद्यालय, वडा नम्बर ९ को कुशेश्वर माध्यामिक विद्यालय र वडा नम्बर ५ को नारायणस्थान मावि गरी ६ वटा विद्यालयमा छड्के अनुगमन गरेका थिए ।

छड्केमा ९/१० जना शिक्षकहरु बिना जानकारी विद्यालय उपस्थित नभएको भेटिएको लामाले बताए । ‘उनीहरुको हारिजी रद्द गरिएको छ, उनले भने ‘अब तलब पनि रोक्का हुन्छ ।’

पालिकाभित्र बेथिति बढेको खबर आइरहेका माज २०७५ चैत्र २२ गते प्रमूख प्रशासकीय अधिकृतको जिम्मा सम्हाल्न पुगेका लामाको पहिलो निशाना शिक्षा क्षेत्र परेको हो । ‘शिक्षा क्षेत्रमा आमुल परिवर्तन नगरी समाज विकास हुदैँन्, उनले भने ‘त्यहि भएर सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न यो अभियान चालेको हुँ, शिक्षा र स्वास्थ्यलाई चुस्त बनाइ राख्नुपर्छ ।’

प्रमूख प्रशासकीय अधिकृतले छड्के अनुगमन शुरु गरेपछि काम नगरिकनै तलबभत्ता खादैँ आइरहेका शिक्षकहरु भने शसंकित बनेका छन् । ती शिक्षकहरुले प्रमूख प्रशासकीय अधिकृत विरुद्ध मोर्चाबन्दीको योजना समेत बनाइसकेको उच्च स्रोतको दाबी छ । तर लामाको यो कामप्रति वडाध्यक्ष, अभिभावक र कार्यपालिकाका सदस्यहरुले साथ दिएका छन् ।

लामा प्रमूख प्रशासकीय अधिकृत भएर पालिकामा पुगेपछि प्रशासनिक काम समेत आमूल सुधार आएको छ । ‘घर दैलो सरकार भन्ने, अनि उपभोक्तालाई सेवा, सुविधा दिन ढिला गर्ने, यस्तो काम गर्नु हुदैँन्, उनले भने ‘जति छिटो सेवा र सुविधा दियौँ उत्ति नै नागरिक खुशी हुन्छन्, त्यसैले खुशी हुने काम किन नगर्ने ?’

उनकै सक्रियतामा पालिकाको कार्यालयमा सीसी क्यामेरा जडान गरिएको छ । बायोमेट्रीक मेसिनबाट कर्मचारीको हाजिरी हुन्छ । योजना सम्झौताको छुट्टै सिष्टम कार्यान्वयनमा ल्याइएको छ । ‘योजना सम्झौता देखि फछ्र्यौट सम्मको काममा ढिला सुस्ती छैन् पालिकाका एक वडा सचिवले भने ‘हामीले राम्रो कामलाई राम्रो नै भन्न सक्नुपर्छ, अहिले पालिकाको कार्यालयमा पनि धेरै सुधार भएका छन् ।’

प्रकाशित मिति : २०७६, ७ बैशाख शनिबार  ६ : ५२ बजे

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक

अन्तर्राष्ट्रिय केम्पो कपमा नेपालको शानदार प्रदर्शन

रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक

२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल