२०८२, ७ चैत्र आईतबार

काभ्रेको खानीखोला गाउँपालिकामा आयआर्जनका लागि तालिम

काभ्रेको खानीखोला गाउँपालिकामा आयआर्जनका लागि तालिम


केवी राना मगर/धुलिखेल, २६ चैत काभ्रेपलाञ्चोक जिल्लाको अति विकट खानीखोला गाउपालिका वडा नं. ६ साल्धाराको कुस्पामा आयआर्जन सम्बन्धी तालिम सम्पन्न भएको छ । ६ दिन चलेको तालिममा वडाका १ सय जनाभन्दा बढी सहभागि भएका थिए ।

तालिमको आयोजना नमुना प्रगती युवा क्लबले गरेको हो । सहभागिहरुलाई च्याउ खेती र साबुन बनाउने तालिम दिइएको क्लबका अध्यक्ष मदन कुमार राना मगरले जानकारी दिए ।

परम्परागत रुपमा खेती गर्दै आएको किसानहरु नयाँ प्रविधिबाट गरिने खेती बारे जानकारी लिन पाउँदा निकै खुशी देखिन्थे । ‘यसरी नयाँ प्रविधि मार्फत च्याउ फलाउन सकिने रहेछ, यसअघि खासै थाहा थिएन्, तालिममा सहभागि ददनि माया राना मगरले भनिन् ‘आफ्नो परिवारलाई मात्रै होइन् ब्यवसायीक रुपमा उत्पादन गरेर आयआर्जन गर्न पनि मद्दत पुग्छ ।’

तालिममा सहभागिहरुले बनाएको साबुन

तालिममा पाएको सीपले आत्मनिर्भर बन्न निकै सजिलो हुने तालिमकी अर्को सहभागि गीता पाण्डेले बताइन् । ‘सिकेको सिपलाई ब्यवहारमा उतार्न सकियो भने धेरै राम्रो हुन्छ, उनले थपिन् ‘गाउँघरमै पाहिले कच्चा पदार्थबाट साबुन बनाएर बेच्न पनि सकिने आफ्नो घर परिवारलाई पनि हने ।’

नमुना युवा क्लवले विगतमा पनि गाउँमा आय आर्जनसँग सम्बन्धित विभिन्न तालिम सञ्चालन गर्दै आइरहेको छ । ‘स्थानीयहरुको सहभागिताले हामीलाई अगामी वर्ष पनि अन्य कार्यक्रम ल्याउन निकै उत्साह मिलेको छ, क्लबका अध्यक्ष मदन कुमार राना मगर भने ‘तालिममा सिकेको सिपले अब स्वरोजगार बन्न तर्फ सबै लाग्नुपर्छ ।’

विकट क्षेत्रमा सञ्चालन गरिने यस्ता तालिमले रोजगारीका लागी सहर पलायन हुने युवाको संख्या समेत कम हुने खानीखोला गाउँपालिकाकी उपप्रमूख रुक्मिणी गुरुङ मगरले बताइन् । ‘आफ्नो पालिका भित्रका युवाहरुलाई कसरी स्वरोजगार बनाउन सकिन्छ भनेर गाउँपालिकाले पनि विभिन्न कार्यक्रमहरु ल्याएको छ, उपप्रमूख मगरले भनिन्, ‘सिपले मानिसलाई विपद्का बेला समेत मद्दत गर्ने भएकाले सीप मार्फत सबै समृद्ध हुनुपर्छ ।’

तालिममा सहभागिहरुलाई उप प्रमूख मगरले प्रमाणपत्र वितरण गरिकि थिइन् ।

प्रकाशित मिति : २०७५, २६ चैत्र मंगलबार  ५ : १८ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको