२०८२, ३० पुस बुधबार

काभ्रेको खानीखोला गाउँपालिकामा आयआर्जनका लागि तालिम

काभ्रेको खानीखोला गाउँपालिकामा आयआर्जनका लागि तालिम


केवी राना मगर/धुलिखेल, २६ चैत काभ्रेपलाञ्चोक जिल्लाको अति विकट खानीखोला गाउपालिका वडा नं. ६ साल्धाराको कुस्पामा आयआर्जन सम्बन्धी तालिम सम्पन्न भएको छ । ६ दिन चलेको तालिममा वडाका १ सय जनाभन्दा बढी सहभागि भएका थिए ।

तालिमको आयोजना नमुना प्रगती युवा क्लबले गरेको हो । सहभागिहरुलाई च्याउ खेती र साबुन बनाउने तालिम दिइएको क्लबका अध्यक्ष मदन कुमार राना मगरले जानकारी दिए ।

परम्परागत रुपमा खेती गर्दै आएको किसानहरु नयाँ प्रविधिबाट गरिने खेती बारे जानकारी लिन पाउँदा निकै खुशी देखिन्थे । ‘यसरी नयाँ प्रविधि मार्फत च्याउ फलाउन सकिने रहेछ, यसअघि खासै थाहा थिएन्, तालिममा सहभागि ददनि माया राना मगरले भनिन् ‘आफ्नो परिवारलाई मात्रै होइन् ब्यवसायीक रुपमा उत्पादन गरेर आयआर्जन गर्न पनि मद्दत पुग्छ ।’

तालिममा सहभागिहरुले बनाएको साबुन

तालिममा पाएको सीपले आत्मनिर्भर बन्न निकै सजिलो हुने तालिमकी अर्को सहभागि गीता पाण्डेले बताइन् । ‘सिकेको सिपलाई ब्यवहारमा उतार्न सकियो भने धेरै राम्रो हुन्छ, उनले थपिन् ‘गाउँघरमै पाहिले कच्चा पदार्थबाट साबुन बनाएर बेच्न पनि सकिने आफ्नो घर परिवारलाई पनि हने ।’

नमुना युवा क्लवले विगतमा पनि गाउँमा आय आर्जनसँग सम्बन्धित विभिन्न तालिम सञ्चालन गर्दै आइरहेको छ । ‘स्थानीयहरुको सहभागिताले हामीलाई अगामी वर्ष पनि अन्य कार्यक्रम ल्याउन निकै उत्साह मिलेको छ, क्लबका अध्यक्ष मदन कुमार राना मगर भने ‘तालिममा सिकेको सिपले अब स्वरोजगार बन्न तर्फ सबै लाग्नुपर्छ ।’

विकट क्षेत्रमा सञ्चालन गरिने यस्ता तालिमले रोजगारीका लागी सहर पलायन हुने युवाको संख्या समेत कम हुने खानीखोला गाउँपालिकाकी उपप्रमूख रुक्मिणी गुरुङ मगरले बताइन् । ‘आफ्नो पालिका भित्रका युवाहरुलाई कसरी स्वरोजगार बनाउन सकिन्छ भनेर गाउँपालिकाले पनि विभिन्न कार्यक्रमहरु ल्याएको छ, उपप्रमूख मगरले भनिन्, ‘सिपले मानिसलाई विपद्का बेला समेत मद्दत गर्ने भएकाले सीप मार्फत सबै समृद्ध हुनुपर्छ ।’

तालिममा सहभागिहरुलाई उप प्रमूख मगरले प्रमाणपत्र वितरण गरिकि थिइन् ।

प्रकाशित मिति : २०७५, २६ चैत्र मंगलबार  ५ : १८ बजे

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता