२०८३, २४ भाद्र बिहीबार

आजको मौसम: मेघ गर्जनसहित वर्षाको सम्भावना, हुरीबतास र चट्याङ पनि पर्न सक्छ

आजको मौसम: मेघ गर्जनसहित वर्षाको सम्भावना, हुरीबतास र चट्याङ पनि पर्न सक्छ


काठमाडौँ, चैत २४ : देशभर आइतबारको मौसम पनि आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद शान्ति कँडेलले देशको पूर्वी तथा मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका थोरै स्थानहरुमा हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जानकारी दिइन् । तर ठूलो हुरीबतासको सम्भावना भने नरहेको उनले बताइन् ।

मौसमविद कँडेलले मेघ गर्जनसहित वर्षा हुँदा हावाहुरी चल्ने र चट्याङ पर्ने सम्भावना अधिक रहने हुँदा सावधानी अपनाउनु पर्ने बताइन् । मेघ गर्जनसहित वर्षा भइरहँदा चट्याङबाट जोगिन फलामका सामग्री तथा बिजुलीको पोल नजिक बस्न नहुने मौसमविद बताउँछन् । मौसममा विकसित पछिल्लो प्रणालीका कारण अझै केही दिन मौसम सफा नरहने विभागगले जनाएको छ । मौसमविद कँडेलले अझै दुई–तीन दिन मौसममा बदली कायमै रहने जानकारी दिइन् ।

प्रकाशित मिति : २०७५, २४ चैत्र आईतबार  ८ : ३६ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको