२०८२, ९ चैत्र मंगलबार

बुद्धिमान र हरिकाजीलाई जर्मनी बस्‍ने नेपालीको आर्थिक सहयोग

बुद्धिमान र हरिकाजीलाई जर्मनी बस्‍ने नेपालीको आर्थिक सहयोग


काठमाडौं : मजदुरी गर्ने क्रममा घाइते भएका बुद्धिमान कुवँर र हरिकाजी ढुंगानाको उपचारार्थ विदेशमा बस्‍ने नेपालीहरूले सहयोग उपलब्ध गराएका छन्। विशेषगरी जर्मनीमा बस्दै आएकी गोरखा परिवार बन्दना पुन बुढा मगरको पहलमा कुँवर र ढुंगानालाई आर्थिक सहयोग गरिएको हो। यसैबीच उक्त रकम घाइते कुँवर र ढुंगानालाई हस्तान्तरण गरिएको छ। आज (शनिवार) काठमाडौंमा एक कार्यक्रमकाबीच जर्मनीबाट बन्दना पुन बुढामगरको पहलमा संकलन गरिएको एक लाख चार हजार रूपैयाँ कुवँर र ढुंगानालाई ५२/५२ हजार रूपैयाँ पर्नेगरी हस्तान्तरण गरिएको हो। बन्दनाको तर्फबाट उनकी बहिनी पत्रकार देविका घर्ती मगरलगायतका पत्रकारहरूको उपस्थितीमा उक्त रकम हस्तान्तरण गरिएको हो।

त्यस अवसरमा घाइते बुद्धिमान कुँवर र हरिकाजी ढुंगानामा विशेषगरी देश विदेशमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको सहयोग आफ्नो नियमित उपचार गर्न सहयोग पुगेको भन्दै धन्यवाद ज्ञापन गरे। उनीहरूले राज्यले उपचारमा केही सहयोग नगरेपनि नेपाली मन भएका नेपालीहरूको सहयोगले अहिले उपचार गर्न सँगै बाँच्‍न सहज भएको प्रतिक्रिया दिएका थिए।

बन्दनाको पहलमा जर्मनी, युके, पोर्चुगलमा बस्दै आएका ३७ जना नेपालीहरूले उक्त रकम संकलन गरेर पठाएका थिए। शुसिल पुन, इनुशा बुढामगर, हेमा तामाङ, अम्बिका लिम्बू, मनिता राई, सरिता सुनुवार, राधा गुरूङ, दिपिका शाक्य, निशा राई, विना गुरूङ, विष्णु राई, हेमा गुरूङ, इन्दिरा राई, रिता पुर्जा, गौसरी पुन छन्त्याल, रिष्मा राई, अर्जना देवान, सिर्जना राई, सरिता गुरूङ, अना राई, पावी सुनुवार, बन्दना पुन बुढामगर, सुरेश बिकेआइ, संगीता पुन, समिता थापा, आशा लिम्बू, रोशनी राई, शिलु पुन, एलिशा राई, हेलेन याक्खा, देओ राई, शितल गुरूङ, राधा लिम्बू, सम्सीला गुरूङ, लक्ष्मी आले, मनिला कन्दङ्वाले सहयोग गर्नुभएको हो।

को हुन बुद्धिमान र हरिकाजी?
बैजनाथ गाउँपालिका ८ बाँके नेपाली २३ वर्षिय बुद्धिमान कुँवर भारतमा मजदुरी गर्ने क्रममा दुवै हात र एउटा खुट्टा गुमाएका थिए। उनका एक श्रीमती र एक छोरा छन्।

यसैगरी रूपाकोट मझुवागढी नगरपालिका ६ दिक्तेल खोटाङ निवासी ३६ वर्षिय हरिकाजी ढुंगाना विद्युत प्राधिकरणमा काम गर्ने क्रममा विजुलीको झट्का लागेर दुवै हात र एउटा खुट्टा गुमाएका थिए। उनका श्रीमती र दुई छोरी छन्। केही समयदेखी कुँवर र ढुंगानाको उपचारका निम्ती सामाजिक सञ्जालमार्फत सहयोग अभियान चलिरहेको छ। उनीहरू अहिले काठमाडौंमा डेरा गरेर उपचार गराइरहेका छन्।
तस्विरहरू : केशव गुरूङ

प्रकाशित मिति : २०७५, २३ चैत्र शनिबार  ९ : २२ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार