२०८३, १० भाद्र बिहीबार

काभ्रेको रविओपीमा श्रीमतीले गरिन श्रीमानको हत्या

काभ्रेको रविओपीमा श्रीमतीले गरिन श्रीमानको हत्या


रवि धिताल/ धुलिखेल, २३ चैत: काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपीमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । ५५ बर्षीय लालीमाया तामाङले श्रीमान अन्दाजी ६०÷६५ बर्षका सुकराम तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

शनिबार दिउँसो पौने तिन बजेतिर घरमै खुर्पा प्रहार गरी श्रीमानको हत्या गरेको प्रहरीसँगको प्रारम्भिक बयानमा लालीमायाले बताएकी छिन् । लालीमायाले सुरुमा खुर्पाले सुकरामको खुट्टामा प्रहार गरिकी थिइन् । चोट लागे पछि घाइते भएका सुकरामलाई लालिमायाले अन्य धारिलो हतियार समेत प्रहार गरेको प्रहरीले जनाएको छ । सुकरामको घटनास्थलमै मृत्यु भएको हो ।

लालीमायाको खुर्पा प्रहारबाट सुकरामका पूmपूदिदी अन्दाजी ७०÷७५ बर्षीय कान्छी माया तामाङ समेत सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । कान्छी माया भने उपचार पछि घर फर्किसकेकी छिन् ।

शवलाई बनेपा स्थित शिरमेमोरियल अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । खुर्पा प्रहार गर्ने लालीमाया तामाङलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । उनी उपर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २३ चैत्र शनिबार  ७ : ०५ बजे

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना

नयाँ प्रविधिको रफ्तारमा बीवाइडी, नाडा अटो शोमा तीन अत्याधुनिक सवारी सार्वजनिक

काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र गतिमा नयाँ प्रविधितर्फ अघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतबारे छलफल

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। सत्तारुढ राष्ट्रिय

रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार