२०८२, २५ भाद्र बुधबार

काभ्रेको रविओपीमा श्रीमतीले गरिन श्रीमानको हत्या

काभ्रेको रविओपीमा श्रीमतीले गरिन श्रीमानको हत्या


रवि धिताल/ धुलिखेल, २३ चैत: काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपीमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । ५५ बर्षीय लालीमाया तामाङले श्रीमान अन्दाजी ६०÷६५ बर्षका सुकराम तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

शनिबार दिउँसो पौने तिन बजेतिर घरमै खुर्पा प्रहार गरी श्रीमानको हत्या गरेको प्रहरीसँगको प्रारम्भिक बयानमा लालीमायाले बताएकी छिन् । लालीमायाले सुरुमा खुर्पाले सुकरामको खुट्टामा प्रहार गरिकी थिइन् । चोट लागे पछि घाइते भएका सुकरामलाई लालिमायाले अन्य धारिलो हतियार समेत प्रहार गरेको प्रहरीले जनाएको छ । सुकरामको घटनास्थलमै मृत्यु भएको हो ।

लालीमायाको खुर्पा प्रहारबाट सुकरामका पूmपूदिदी अन्दाजी ७०÷७५ बर्षीय कान्छी माया तामाङ समेत सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । कान्छी माया भने उपचार पछि घर फर्किसकेकी छिन् ।

शवलाई बनेपा स्थित शिरमेमोरियल अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । खुर्पा प्रहार गर्ने लालीमाया तामाङलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । उनी उपर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २३ चैत्र शनिबार  ७ : ०५ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा