२०८२, ३ कार्तिक आईतबार

सहकारीप्रति सरकार सकारात्मक छ: मन्त्री बास्कोटा

सहकारीप्रति सरकार सकारात्मक छ: मन्त्री बास्कोटा


बनेपा , चैत्र १९: सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुलप्रसाद बास्बोटाले सरकार सहकासरीप्रति सकारात्त्मक रहेको र लक्ष्य प्राप्त गर्नका लागि सहकारीसँग साझोदारी गरी अगाडि बढ्न इच्छुक रहेको बताएका छन् । मंगलबार जिल्ला सहकारी संघ काभ्रेले बनेपामा ६२ राष्ट्रिय सहकारी दिवसको अवसारमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जिल्ला सहकारी संघ काभ्रेको परिसरमा नेपालको राष्ट्रिय झण्डा र अन्तर्राष्ट्रिय सहकारी महासंघको लोगो अंकित झण्डालाई संष्युक्त रुपमा झण्डोतोलन गर्दै मन्त्री बास्कोटाले सहकारीलाई शहरमा मात्रै केन्द्रित नगरी गाउँ–गाउँमा पु¥याउनु पर्ने बताएका थिए । उनले अर्थतन्त्रको मेरुदण्ड नै सरकारी भएको उल्लेख गर्दै सहकारीकर्मीहरुलाई सहकारीको दर्शन, सिद्धान्त, मूल्य र मान्यताका आधारमा सहकारी संस्थाहरु चलाउन आग्रह समेत गरेका छन् ।

कार्यक्रममा उनले आर्थिक समृद्धि ल्याउनका लागि सहकारीले सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै उनले भने, ‘सरकारले कृषि सहकारीलाई सहयोग गर्ने नीति लिएको छ, जमीनको उचित सदुपयोग र उत्पादनका आधारमा सरकारले सघाउनेछ ।’ सरकारले आयोजना गरेको लगानी सम्मेलनमा ३० खर्बको लगानी अपेक्षा गरेको भए पनि १७ खर्ब मात्रै लगानीको प्रतिवद्धता आएकोमा अहिले त्यसैमा चित्त बुझाएको र अगामी वर्ष समेत यस्तै सम्मेलनमार्फत विदेशी लगानी भित्र्याउने प्रयासलाई सरकारले जारी राख्ने बताएका थिए । कार्यक्रमका सभपति विनोद पराजुलीले सहकारीलाई ग्रामिण अर्थतन्त्रको मेरुदण्डको रुपमा बिकास गर्दै लैजानुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २०७५, १९ चैत्र मंगलबार  ८ : २६ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल