रवि धिताल/ धुलिखेल, १९ चैत: भूम्लु गाउँपालिकाको वडा नम्बर ५ मानेडाँडमा रहेको सार्वजनिक माध्यमिक विद्यालय निर्माणमा गम्भिर लापर्वाही देखिएको छ ।
गाउँपालिकाको कार्यालयबाट करिब २५ मिटरदुरी पर बन्दै गरेको ४ कोठे आरसिसि भवनमा त्रृटि नै त्रृटि देखिएको हो । पालिकाको कार्यालयमा पुनःनिर्माण प्राधिकरणबाट खटिएका इन्जिनियर पनि छन् । त्यस्तै पालिकाले पनि छुट्टै इन्जिनियरको ब्यवस्था गरेको छ । सम्बन्धित भनवको विषय विशेषज्ञ नभएपनि उनीहरुसँग सबै प्रकारका भवनको ज्ञान र त्यसमा प्रयोग गरिने सामानको पर्याप्त ज्ञान हुन्छ । तर अनुगमनका क्रममा मंगलबार धुलिखेल स्थित ट्रान्सफरेन्सी इन्टरनेश्नल नेपालको टोलीसँगै विद्यालय पुगेका इन्जिनियरहरुले गुणस्तर हिन सामान प्रयोग गरेको देखि भर्याङ ढलानसम्मको त्रृटि औल्याए । यसले के देखाउँछ भने गाउँमा खटिएका इन्जिनियहरु नजिकै भवनमा समेत चासो राख्ने गरेका छैनन् ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत बनिरहेको भवनको छत ढलान सकिएपनि भर्याङको ढलान नभएको इन्जिनियर श्रिया झाले बताइन् । ‘छत र भर्याङ एकैपटक ढलान गर्नुपर्ने हो, उनले भनिन ‘तर भर्याङ अझै पनि ढलान भएको छैन्, यो मापडण्ड विपरित काम हो । यसरी छुट्टा छुट्टै ढलान गर्दा एक अर्का संरचना एक ढिक्का हुन नपाउने भएकाले भूकम्प आउँदा जोखिम उस्तै हुन्छ ।’ छत ढलान भएको दुई साता पुगेको छ ।

विद्यालयमा पहिलो तल्लोको ढलान सकेर अहिले दोस्रो ढलानका लागि पिल्लर निर्माणको काम भइरहेको छ । ढलानमा २० एसएस भन्दा कमको गिट्टी प्रयोग भएको इन्जिनियर झाले बताइन । निर्माण स्थलमा खटिएका कामदारले पिल्लरको फर्मा समेत समय नपुगी नै निकाल्दा पिल्लरमा समस्या देखिएको छ । ‘कम्तीमा २४ घण्टापछि मात्रै फर्मा निकाल्नुपर्ने हो, उनले भनिन ‘तर यो भवनमा त्यो नियम पनि पालना गरिएको पाइएन् ।’

विद्यालय ब्यवस्थापन समितिले ठेक्केदार मार्फत गरेको काम उक्त विद्यालयमा पिल्लरको फर्मा समेत समय नपुग्दै निकालिएको पाइएको छ । त्रृटि भने भवन निर्माणमा पहिले आएर मात्रै देखिएको होइन् । डिपिसी देखिनै ठेक्केदारले लापर्बाहि गर्दै आएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राज कुमार लामाले बताए । ‘हामीले धेरै पटक ठेक्केदारलाई भन्यौ, अध्यक्ष लामाले भने ‘तर नमानेपछि डिपिसीको गाह्रो समेत हामी आफैले भत्कायौ । पछि मापदण्ड अनुसार बनाएर पिल्लर र ढलान गरिएको हो ।’

७० लाख रुपैयाँ लागतमा २०७६ साल जेठ मसान्तभित्र सक्ने गरी मोहन पार्वती कन्ट्रक्सनले उक्त विद्यालयको भवन निर्माण गरिहेको छ । ‘नक्सा अनुसार छत र भर्याङ एकै साथ ढलानका लागि फर्मा राख्दा समस्या आएर त्यो गरिएको हो, उनले भने ‘छत र भ¥याङ छुट्टा छुट्टै ढलान गर्दा पनि खासै समस्या पर्दैन ।’ भूकम्पपछि जिल्लामा थ्रुरै विद्यालयहरु निर्माण भइरहेका छन् । ती विद्यालयहरु हेर्ने छुट्टै इन्जिनियरको समेत ब्यवस्था गरिएको छ । तर इन्जियिनर नभएको मौका छोपेर ठेक्केदारहरुले नक्सा विपरित काम गर्ने गरेको इन्जिनियर श्रिया झाले बताइन् ।
हालको प्रगति हेर्दा भवन निर्माण निर्धारित समय नसकिने भन्दै विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु चिन्तित बनेका छन् ।
प्रतिक्रिया