२०८२, ९ चैत्र मंगलबार

पुष्पलाल मध्यपहाडी लोकमार्गको काभ्रे खण्ड समय अगाबै सकिने (भिडियो फिचर)

पुष्पलाल मध्यपहाडी लोकमार्गको काभ्रे खण्ड समय अगाबै सकिने (भिडियो फिचर)


काठमाण्डौ, चैत १८ः निकै तिब्र गतिमा काम भइरहेको राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको पुष्पलाल मध्यपहाडी लोकमार्गको काभ्रे खण्ड समय अगाबै सकिने भएको छ ।

काभ्रे खण्डमा चौरीदेउराली गाउँपालिका वडा नम्बर ७ दोभानटारबाट लोकमार्ग शुरु हुन्छ । लोकमार्गको दोभानटार देखि कात्तिकेदेउरालीको बोक्सेसम्मको २५ किलोमिटर सडक स्वच्छन्द, बन्दन, भगवती र खानी जेभी कम्पनीले निर्माण गरिरहेका छन् । २०७७ साल भदौ महिनमा काम सकाउने गरी ठेक्का पाएका यी कम्पनीले ७० प्रतिशतको हाराहारीमा काम सकाइसकेका छन् । भ्याट बाहेक ८२ करोड, ९९ लाख ठेक्का रकममा काम भइरहेको धुलिखेलमा रहेको पुष्पलाल मध्यपहाडी सडक आयोजना कार्यालयले जनाएको छ ।

त्यस्तै कात्तिकेदेउरालीको पार्टीगैह्राबाट भूम्लुगाउँपालिकाको वडा नम्बर ८ पौवाडाँडासम्मको १७ किलोमिटर सडक ट्याक्ट खन्ने काम पनि निकै तिब्र गतिमा भइरहेको आयोजनाका इन्जिनियर इश्वर कार्कीले बताए । यो क्षेत्रमा कालिका प्यासिफिक जेभी निर्माण कम्पनीले भ्याट बाहेक ३८ करोड ३९ लाख रुपैँयामा ठेक्का पाएको छ । २०७७ भदौँ मसान्तभित्र सक्ने गरी काम गरिरहेको यस खण्डको प्रगति पनि ५० प्रतिशत भन्दा बढी रहेको छ ।

त्यसैगरी पौवाडाँडादेखि काभ्रे र सिन्धुपाल्चोकको सिमाना बन्देउ खण्डको ६ किलो मिटर सडक निर्माण पनि भइरहेको कार्यालयका सुचना अधिकारी समेत रहेका आयोजनाका इन्जिनियर कार्कीले बताए । यो खण्डमा अकेला र महादेव खिम्ती जेभीले २०७६ फागुन मसान्तभित्र काम सक्ने गरी भ्याट बाहेक १४ करोड ८१ लाख रुपैँयामा ठेक्का पाएका छन् ।

काभ्रे खण्डमा पिच बाहेकका सबै काम सकाउन ठेक्का लगेको हो । यी कम्पनीले साँढे आठ मिटर फराकिलो सडक, ग्राभेल, टेवा पर्खाल, कुलेसा, हिमपाई बिछ्याउने काम सकाउने छन् । ‘पिचको लागि छुट्टै ठेक्का हुन्छ, इन्जिनियर कार्कीले भने अहिले ग्राभेलसम्मको पुरा हुन्छ ।’ उनका अनुसार निर्माण स्थलमा ठूलो समस्या नआए अहिलेको प्रगति हेर्दा समय अगाबै निर्माण कार्य पूरा हुन्छ ।
आयोजना अन्तर्गत काभ्रे खण्डमा ७ मिटर मात्रै ट्याक जोडिन बाँकी छ । कोशीपारी क्षेत्रमा सुनकोशी तेस्रो जलविद्यूत आयोजनाका कारण सडकको ट्याक नै परिवर्तन गरिएको छ । सुरुमा सर्भे गर्ने क्रममा सुनकोशीको तिरै तिर सर्भे गरिएको थियो । तर जलविद्यूत आयोजना निर्माण गरिने भएपछि ट्याक परिवर्तन गरिएको सडक आयोजनाका इन्जिनियर कार्कीको भनाई छ ।

उता सिन्धुपाल्चोकमा भने पिच सहिको ठेक्का सम्झौता भएर काम अघि बढेको छ । बन्देउदेखि होष्टेखोलासम्मको १७ किलोमिटर सडक निर्माणको काम लामा, डाँफे र गोल्डेन गुड जेभी कम्पनीले गरिरहेका छन् । २०७७ जेठ मसान्तभित्र पिच सहितको काम सकिने गरी ठेक्का सम्झौता भएको हो । भ्याट बाहेक ४८ करोड ८३ लाख रुपैयाँमा सडक निर्माणको काम चलिरहेको छ ।

त्यसैगरी होष्टेखोला देखि बाहुनेपाटीसम्मको १४.५ किलोमिटर सकड पनि लामा, डाँफे, गोल्डेन गुड जेभी कम्पनीले नै बनाइरहेका छन् । २०७७ जेठ मसान्तभित्रै कालोपत्रे सहितका काम सकिने गरी निर्माण भइरहेको यस क्षेत्रमा ४६ करोड ६ लाख खर्च हुने आयोजनाका इन्जिनियर इश्वर कार्कीले बताए ।

सडक विभागले पुष्पलाल मध्यपहाडी लोक मार्गको पाँच जिल्ला काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली र खोटाङ जिल्ला हेर्ने गरी धुलिखेलमै कार्यालय स्थापना गरेको छ । यसअघि काठमाण्डुबाटै आयोजनाको रेखदेख गर्ने गरिएको थियो । पाँच जिल्लामा २६ वटा ठेक्का सम्झौता भएर काम चलिरहेको छ । बिजुलीको पोल सार्ने, मुआब्ज, वन लगायत स्थानीयहरुले विभिन्न माग राखेर बेला बेला निर्माण कार्यमा अवरोध पुर्याएपनि कामको गति सन्तोषजनक पाइएको छ ।

प्रकाशित मिति : २०७५, १८ चैत्र सोमबार  ५ : ४१ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार