२०८३, १० भाद्र बिहीबार

जुगल हिमाल आरोहण खुला

जुगल हिमाल आरोहण खुला


काठमाडौँ, १४ चैत: राजधानीबाट नजिक रहेको सिन्धुपाल्चोकको जुगल हिमाल आरोहण पहिलोपटक खुला गरिएको छ । काठमाडौँबाट १४५ किलोमिटर दूरीमा रहेको उक्त हिमाल आरोहण खुलासँगै शुक्रबार आरोही दल त्यसतर्फ जाने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आरोहण खुला गरिएसँगै जुगल हिमशृङ्खला ग्याल्जेन चुली प्रथम आरोहण तथा अध्ययन गर्न आरोही आधारशिविरतर्फ जाने भएका हुन् । जुगल हिमाल समुद्री सतहबाट छ हजार १५१ मिटर उचाइमा छ ।

प्रदेश ३ सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जुगल गाउँपालिकाको कार्यालयले संयुक्तरुपमा आरोहण तथा अध्ययनका लागि सहयोग गर्ने जनाइएको छ । एउटा आरोहणको नेतृत्व सगरमाथा आरोही माया गुरुङ र अर्को माधव सापकोटाले नेतृत्व गर्नुहुने जनाइएको छ । ग्याल्जेन चुली आरोहण तथा अध्ययनका लागि प्रदेश नं ३ सरकारको मन्त्रिपरिषद् बैठकले चुली आरोहण गर्न सिन्धु पर्यटन परिषद्लाई रु ४० लाख अनुदान सहयोग गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेश नं ३ को आर्थिक समृद्धिसँग जोडिएको काठमाडौँबाट नजिको ‘पिक’ प्रचारप्रसार भएमा पर्यटन क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

हालसम्म औपचारिकरुपमा मानव पाइला नपुगेको ग्याल्जेन चुली जुगल हिमशृङ्खलाका ११ वटा मध्येको एक रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । यससँगै अब आरोहणका लागि ४१५ हिमाल भएका छन् । अझै एक हजार ३०० भन्दा बढी हिमाल आरोहणका लागि योग्य रहेको बताइन्छ । सम्भावित जोखिम, पर्यटन प्रवद्र्धनका सम्भाव्यता, रक क्लाइम्बिङ, आइस क्लाइम्बिङसम्बन्धी अध्ययन गर्ने र जुगल हिमाल आरोहणलाई प्रवद्र्धन गर्न भिडियो वृत्तचित्र तयारी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत प्रचारप्रसार गरिने आयोजकले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १४ चैत्र बिहीबार  ९ : १६ बजे

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

काठमाडौं । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना

नयाँ प्रविधिको रफ्तारमा बीवाइडी, नाडा अटो शोमा तीन अत्याधुनिक सवारी सार्वजनिक

काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र गतिमा नयाँ प्रविधितर्फ अघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतबारे छलफल

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। सत्तारुढ राष्ट्रिय