२०८३, २९ भाद्र मंगलबार

‘सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली’को शुभारम्भ

‘सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली’को शुभारम्भ


काठमाडौँ, १४ चैत: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयको सहकार्यमा आजदेखि ‘सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली’को शुभारम्भ गरिएको छ । प्रथम चरणमा काठमाडौँ उपत्यकाका ३४ ट्राफिक प्रहरी कार्यालय र उपत्यका बाहिर वीरगञ्जसम्मको करिडोरमा पर्ने ३० ट्राफिक प्रहरी कार्यालयलाई प्रहरी प्रधान कार्यालयको डाटा सेन्टरमा रहेको सर्भरमा जोडिने गरी उक्त प्रणालीको शुभारम्भ गरिएको हो । उक्त प्रणालीमार्फत सडक दुर्घटना भएलगत्तै त्यस सम्बन्धी तथ्याङ्क विद्युतीय प्रणालीमार्फत डाटा सेन्टरमा पठाउन सकिने प्रहरीले जनाएको छ ।

सडक दुर्घटना सूचना व्यवस्थापन प्रणालीको आज काठमाडौँमा शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा प्रणाली फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । वर्तमान सरकारले सडक सुरक्षामा विशेष ध्यान दिन सडक सुरक्षा काउन्सिल बनाउने पहल गरिरहेको उहाँले बताउनुभयो । काठमाडौँलाई व्यवस्थित गर्नसके देशभर राम्रो हुने उहाँको भनाइ थियो । सो कार्यमा सरोकारवाला निकाय, नागरिक, सञ्चारकर्मीलगायतको सहयोग आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।

समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले सो प्रणाली अत्यन्त उपयोगी भएको र बीमा दाबी, तथ्याङ्क सङ्कलन तथा अनुसन्धान जस्ता बहुप्रयोजन कार्यका लागि प्रणाली फलदायी हुने बताउनुभयो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आगामी दिनमा दुर्घटना र यसबाट धनजनको क्षति नहोस् भन्ने उद्देश्यका साथ योजना निर्माण गर्न सो प्रणाली सहयोगी हुने बताउनुभयो । यसअघि झापाबाट दुर्घटना न्यूनीकरण गर्ने अभियान थालनी भएको थियो । प्रहरी महानिरीक्षक खनालले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई राम्रो बनाउन तथा जाम हटाउन सरोकारवाला पक्षसँग समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा यातायात व्यवस्था विभागका प्राविधिक सल्लाहकार डा पदमबहादुर शाहीले उक्त प्रणाली र यसको उपयोगितासम्बन्धी जानकारी दिनुभएको थियो । विसं २०७५ मङ्सिर ५ गतेदेखि उक्त प्रणालीको शुरुआत भएदेखि हालसम्म ५३२ सवारीसाधन दुर्घटनाको पूर्ण विवरण सो प्रणालीमा भण्डारण गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १४ चैत्र बिहीबार  ९ : १२ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक