२०८२, २६ भाद्र बिहीबार

सेती अञ्चल अस्पताल तनावग्रस्त

सेती अञ्चल अस्पताल तनावग्रस्त


धनगढी, ८ चैत : यहाँस्थित सेती अञ्चल अस्पतालमा प्रसूति गराउने चिकित्सकको लापरवाहीका कारण एक महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले गरेको प्रदर्शनपछि आज अस्पताल परिसर तनावपूर्ण रह्यो ।

प्रदर्शन र घेराउसँगै अस्पतालको सेवा पनि प्रभावित बनेको छ । अस्पतालमा प्रसूति सेवा लिएकी धनगढी उपमहानगरपालिका जुगेडा गाउँकी २३ वर्षीया रेखा थापाको मृत्यु भएपछि मृतकका आफन्तले आज अस्पताल घेराउ गर्दै प्रदर्शन गरेका हुन् ।

स्थिति बिग्रन नदिन अस्पताल परिसरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । मृतकका आफन्तले चिकित्सकमाथि कारवाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै शव उठाउन मानेका छैनन् । अस्पतालमा यही चैत ४ गते शल्यक्रियाद्वारा प्रसूति गराइएकी रेखा थापाको बिहीबार मात्र अस्पतालले अन्यत्र सिफारिस गरेकामा कोहलपुर लैजाने क्रममा महिलाको बाटैमा मृत्यु भएको आफन्तले बताएका छन् । मृतक महिलाका नवजात शिशुको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, अस्पताल प्रशासन, धनगढी उपमहानगरपालिकाका प्रमुख र मृतकका आफन्तबीच वार्ताद्वारा समस्या समाधानको प्रयास भइरहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ८ चैत्र शुक्रबार  ७ : २८ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा