२०८२, ७ चैत्र आईतबार

सेती अञ्चल अस्पताल तनावग्रस्त

सेती अञ्चल अस्पताल तनावग्रस्त


धनगढी, ८ चैत : यहाँस्थित सेती अञ्चल अस्पतालमा प्रसूति गराउने चिकित्सकको लापरवाहीका कारण एक महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले गरेको प्रदर्शनपछि आज अस्पताल परिसर तनावपूर्ण रह्यो ।

प्रदर्शन र घेराउसँगै अस्पतालको सेवा पनि प्रभावित बनेको छ । अस्पतालमा प्रसूति सेवा लिएकी धनगढी उपमहानगरपालिका जुगेडा गाउँकी २३ वर्षीया रेखा थापाको मृत्यु भएपछि मृतकका आफन्तले आज अस्पताल घेराउ गर्दै प्रदर्शन गरेका हुन् ।

स्थिति बिग्रन नदिन अस्पताल परिसरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । मृतकका आफन्तले चिकित्सकमाथि कारवाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै शव उठाउन मानेका छैनन् । अस्पतालमा यही चैत ४ गते शल्यक्रियाद्वारा प्रसूति गराइएकी रेखा थापाको बिहीबार मात्र अस्पतालले अन्यत्र सिफारिस गरेकामा कोहलपुर लैजाने क्रममा महिलाको बाटैमा मृत्यु भएको आफन्तले बताएका छन् । मृतक महिलाका नवजात शिशुको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, अस्पताल प्रशासन, धनगढी उपमहानगरपालिकाका प्रमुख र मृतकका आफन्तबीच वार्ताद्वारा समस्या समाधानको प्रयास भइरहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ८ चैत्र शुक्रबार  ७ : २८ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको