२०८२, ८ पुस मंगलबार

छोराले गरे बाबुको हत्या

छोराले गरे बाबुको हत्या


खाँदबारी, ८ चैत: खाँदबारी नगरपालिका–११ मा छोराले बाबुको हत्या गरेका छन् । खाँदबारी–११ खाइसोङ गाउँमा काइँला छोरा सञ्जय राईले बिहीबार ६२ वर्षीय बुबा भुवनसिंहको हत्या गरेको वडाध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिनुभयो । हत्यामा संलग्न सञ्जय फरार छन् ।

यस्तै मकालु गाउँपालिका–४ मा स्थानीयवासीको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । कुटपिटबाट मकालु–४ का ५० वर्षीय लेले भोटेको मृत्यु भएको हो । भोटेले गत फागुन १७ गते सोही गाउँकी ४९ वर्षीया हेममाया राईलाई हातपात गर्न खोजेको विषयलाई लिएर स्थानीयवासीले उनलाई कुटपिट गरेका हुन् । उनको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ८ चैत्र शुक्रबार  ६ : ४२ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ