२०८३, २२ आश्विन शुक्रबार

दाङमा बस दुर्घटना: एकको मृत्यु, ३१ घाइते

दाङमा बस दुर्घटना: एकको मृत्यु, ३१ घाइते


दाङ, ४ चैत : रोल्पा बागमाराबाट आउँदै गरेको ना४ख ६०९४ नंको यात्रुवाहक बस आज घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दहको मौलाकोटमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी ३१ घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा बसका सहचालक रोल्पा रुन्टिगढी–७ का २३ वर्षीय हर्कबहादुर पुन छन् । घाइतेमध्ये रोल्पा माडी गाउँपालिका–३ बस्ने ६७ वर्षीय इन्द्रबहादुर घर्ती, रोल्पा जौलेपोखरी बस्ने ५५ वर्षीया सम्पुरा डाँगी र तुलसीपुर उपमहानगरपालिका–९ बस्ने ४५ वर्षीया रथा घर्तीको अवस्था गम्भीर रहेकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोलहपुर पठाइएको छ भने अन्य घाइतेको भने घोराहीमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । गतिमा रहेको बसले जीपलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको यात्रु दीपक विकले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ४ चैत्र सोमबार  ८ : ४९ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १