२०८३, १३ कार्तिक शुक्रबार

दाङमा बस दुर्घटना: एकको मृत्यु, ३१ घाइते

दाङमा बस दुर्घटना: एकको मृत्यु, ३१ घाइते


दाङ, ४ चैत : रोल्पा बागमाराबाट आउँदै गरेको ना४ख ६०९४ नंको यात्रुवाहक बस आज घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दहको मौलाकोटमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी ३१ घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा बसका सहचालक रोल्पा रुन्टिगढी–७ का २३ वर्षीय हर्कबहादुर पुन छन् । घाइतेमध्ये रोल्पा माडी गाउँपालिका–३ बस्ने ६७ वर्षीय इन्द्रबहादुर घर्ती, रोल्पा जौलेपोखरी बस्ने ५५ वर्षीया सम्पुरा डाँगी र तुलसीपुर उपमहानगरपालिका–९ बस्ने ४५ वर्षीया रथा घर्तीको अवस्था गम्भीर रहेकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोलहपुर पठाइएको छ भने अन्य घाइतेको भने घोराहीमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । गतिमा रहेको बसले जीपलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको यात्रु दीपक विकले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ४ चैत्र सोमबार  ८ : ४९ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित