२०८३, ३ असार बिहीबार

नेपालमा २० प्रतिशत पानी मात्रै सदुपयोग

नेपालमा २० प्रतिशत पानी मात्रै सदुपयोग


काठमाडौँ, १ चैत: नेपालमा प्रतिवर्ष प्रतिव्यक्ति सात हजार घनमिटर बराबरको पानी उपलब्ध भए पनि उचित सदुपयोग हुन नसक्दा त्यसले कुनै सार्थक प्रभाव पार्न सकेको छैन । वर्षाको समयमा अत्यधिक मात्रामा वर्षा भए पनि त्यस्तो पानी जोगाएर राख्न सकिएको छैन । नेपाल जलस्रोतमा धनी रहेको बताउने गरिए पनि कूल उपलब्ध पानीमध्ये २० प्रतिशत बराबरको पानी मात्रै सदुपयोग हुन सकेको छ । सदुपयोग भएको पानीमध्ये सिँचाइ, ऊर्जा, खानेपानी तथा औद्योगिक प्रयोगका लागि मात्र उपलब्ध छ । उपलब्ध पानीमध्ये स्वच्छ र पिउनयोग्य पानीको मात्रा भने कम रहेको छ । हिमाली तथा पहाडी क्षेत्रमा उपलब्ध भएको पानी पिउन योग्य भए पनि तराई तथा समथर क्षेत्रमा उपलब्ध हुने पानी भने उचित मानिँदैन ।

विश्वभरनै महासागरमा पानी धेरै भए पनि उपयोगयोग्य पानी भने कम रहेको सन्दर्भमा पानीको सदुपयोगका विषयमा संसारभर नै चर्चा भए पनि हालसम्म सकारात्मक प्रभाव भने पर्न सकेको छैन । हरेक वर्ष चैत ८ अर्थात् मार्च २२ मा संसारभर नै ‘विश्व पानी दिवस’ मनाउने गरिएको छ तर पानीको सदुपयोगका बारेमा चर्चा मात्रै हुने तर कार्यान्वयनमा नआउने प्रवृत्ति कायम रहेको छ ।

विशेषतः काठमाडौँ उपत्यकाभित्र मानव सभ्यतासँग समेत जोडिएको वाग्मती र विष्णुमतिजस्ता नदीमा पानीभन्दा ढलको मात्रा बढी रहेको छ । शहरी क्षेत्रमा उत्पादन हुने ढल सोझै नदीमा लगेर मिसाउँदा पर्यावरणीय रुपमा समेत त्यसले प्रभाव पारेको छ । नीतिगत अस्थिरता तथा अवैज्ञानिक नीतिका कारण सजिलोका लागि नदीमा ढल मिसाउँदा पानी दूषित बन्दै गएको छ ।

पानीको उचित सदुपयोग गर्दै मानव र प्राणी जगत्को हितका लागि केही गराँै भन्ने लक्ष्यका साथ सरकारले यही चैत ३ देखि ९ गतेसम्म ‘नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह–२०७५’ मनाउने भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यस वर्षको पानी दिवसको नारा ‘कोही पनि नछुटुन्’ भन्ने छ । विश्व मौसम दिवसको उद्देश्यअनुरुप स्वच्छ पानीको महत्व तथा बदलिँदो जलवायु र स्थानीय मोसममा त्यसको असरबारे जनचेतना फैलाउने तथा जलस्रोत र त्यसको दिगो व्यवस्थापनबारे सर्वसाधारणदेखि नीति निर्माण तहसम्मको ध्यानाकर्षण गराउनुरहेको छ ।

यस्तै विश्वव्यापी रुपमा बढ्दै गएको वातावरणीय समस्या र तापमानको कारण परेको असरका बारेमा जानकारी दिने लक्ष्यका साथ यही चैत ९ गते विश्व मौसम दिवस मनाइने भएको छ । सो दिवसको नारा ‘मेरो सूर्य, मेरो पृथ्वी र हाम्रो मौसम’ तय गरिएको आयोगका सहसचिव ऋषिराम शर्माले जानकारी दिनुभयो । पानीको उपलब्धता तथा सदुपयोगका बारेमा ठोस काम गर्ने लक्ष्यका साथ सरकारले नदी बेसिनको गुरुयोजना बनाउन शुरु गरेको जानकारी दिँदै सचिव माधव बेल्वासेले बुद्धिमतापूर्ण प्रयोग गर्नेबारेमा जानकारी गराउनु हामी सबैको दायित्व रहेको बताउनुभयो ।

पानी जीवन हो भन्ने विषयलाई बुझाउन सकेमात्रै यस्ता दिवसको महत्व सार्थक हुने उल्लेख गर्दै सचिव बेल्वासेले पर्यावरणको सुरक्षा एवं जीवजगत्को रक्षाका लागिसमेत पानी जरुरी रहेको स्पष्ट पार्नुभयो । पानी र वातावरणको जानकारी दिन साताभर विभिन्न कार्यक्रम आयोजना गरिने जलस्रोतका जानकार महेन्द्रबहादुर गुरुङको भनाइ छ ।
-रासस

प्रकाशित मिति : २०७५, १ चैत्र शुक्रबार  ६ : ५२ बजे

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित