२०८३, १९ आश्विन मंगलबार

तयारी बिना तालिममा पठाउँदा निगमलाई ७० लाख घाटा

तयारी बिना तालिममा पठाउँदा निगमलाई ७० लाख घाटा


काठमाडौं, चैत १ : नेपाल वायुसेना निगमले वाइड बडी एयरबसका लागि तालिममा पठाएका दुई पाइलट परीक्षामै असफल भएका छन् । बोइङ ७३७ का पाइलट राजन मानन्धर र सन्तोष शर्मालाई निगमले वाइड बडी विमान उडाउनको लागि तालिम गर्न सिंगापुर पठाएको थियो ।

नेपालमै प्रशिक्षण पाइलटले लातिम गराएर परीक्षा लिएपछि मात्रै तालिममा पठाउनु पर्ने हुन्छ । तर, निगमले लातिम तथा परीक्षाबिनै मानन्धर र शर्मालाई तालिममा पठाउँदा उनीहरु असफल भएर फर्किएका छन् । मानन्धर र शर्मा जनवारी १४ का दिन तालिमको लागि सिंगापुर गएका थिए । परीक्षामा सामेल हुँदै असफल भएपछि उनीहरु फर्किएका हुन् ।

निगमका सहप्रवक्ता नवराज कोइरालाले तालिममा पठाएका शर्मा र मानन्धर असफल भएको बताए । तर, तयारी नगराएको तथा नजिकको व्यक्ति पठाएको उनले स्वीकारेनन् । ‘खास त्यस्तो तयारी गर्नुपर्ने केही हुन्न, त्यहाँ गएर कक्षा लिने हो,’ कोइरालाले भने, ‘यहाँ तालिम तथा परीक्षा नगरी पठाउँदा उहाँहरू सक्सेस नभएको भने होइन् ।’ याे समाचार खिलक बुढाथाेकीले नागरिकमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १ चैत्र शुक्रबार  ७ : २० बजे

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि

मौसममा फेरि बदली, पहाडदेखि हिमालसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभावका कारण आज

डलर १५४ रुपैयाँ नाघ्यो, पाउन्ड २०४ नजिक

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा प्रमुख विदेशी मुद्राको विनिमय दर