२०८३, १९ आश्विन मंगलबार

‘रावतले कानून उल्लङ्घन गरे कानूनी दायरामा ल्याउँछौँ’ :महान्यायाधीवक्ता खरेल

‘रावतले कानून उल्लङ्घन गरे कानूनी दायरामा ल्याउँछौँ’ :महान्यायाधीवक्ता खरेल


दाङ, २८ फागुन : महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले उच्च सरकारी वकिल कार्यालय पीडितको अड्डा भएकाले पीडितलाई न्याय र पीडकलाई कानूनी दायरामा ल्याउने कार्यमा थप प्रभावकारीरुपमा काम गर्नेुपर्ने बताउनुभएको छ । उच्च सरकारी वकिल कार्यालय तुलसीपुरको नयाँ कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले पििडतलाई न्याय दिलाउन मुद्दा गम्भीर भएर अभियोजन, अनुसन्धान भए मात्र अदालतले पीडितका पक्षमा फैसला गर्ने भएकाले तीनवटै निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने बताउनुभयो ।

उहाँले न्यायलयले न्यायपूर्ण समाज निर्माण गर्ने भएकाले सबैलाई न्यायपूर्ण काम गर्नसमेत आग्रह गर्नुभयो । सो अवसरमा महान्यायाधिवक्ता खरेलले अविभाज्य तथा अखण्ड नेपाललाई कसैले टुक्र्याउन खोजे कानूनी दायरामा ल्याइने बताउनुभयो । नेपाल सरकार र सिके रावत समूहबीच भएको सम्झौतालाई विभिन्न कोणबाट विश्लेषण हुने गरेको भन्दै महान्यायाधीवक्ता खरेलले सम्झौताविपरीत काम गरे उक्त समूहलाई कानूनी दायरामा ल्याइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले उक्त समूहसँग सम्झौता भएपछि सरकार छ, कि छैन भनेर प्रश्न उठिरहेको छ, यदि अखण्ड नेपाललाई कसैले टुक्र्याउन खोज्छ भने राज्य र अदालतले कानूनी दायरामा ल्याउछ ।” कानून उल्लङ्घन गरे फेरि पनि उक्त समूहलाई कानूनी दायरामा ल्याइनेसमेत उहाँले बताउनुभयो । सहन्यायाधिवक्ता थलराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका नेता शान्ता चौधरीले न्यायालय जनताप्रति बफादार हुनुपर्ने बताउनुभयो ।

रु चार करोड ३९ लाख ६५ हजार लागतमा निर्माण भएको उक्त भवन निर्माणको काम विसं २०७४ पुसमा सम्पन्न भएको हो । चार तला रहेको उक्त भवनका ४३ कोठा रहेका शहरी भवन डिभिजन कार्यालयका प्रमुख परीक्षित कदरियाले बताउनुभयो । उच्च सरकारी वकिल कार्यालयसँगै सत्यनिरुपण तथा मेलमिलाप आयोगको प्रदेश कार्यालय पनि सञ्चालित छ ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश नहकुल सुवेदी, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललगायतले नयाँ भवन निर्माणसँगै सेवालाई पनि चुस्त बनाउन अनुरोध गर्नुभयो । सहन्यायाधिवक्ता ईश्वरीप्रसाद बञ्जाडेले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण सहन्यायाधिवक्ता हरिभक्त पुन मगरले गर्नुभएको थियो । त्यस अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा कार्यालय सहयोगी बुद्धिराम चौधरीलाई सम्मान गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २८ फाल्गुन मंगलबार  ७ : २० बजे

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि

मौसममा फेरि बदली, पहाडदेखि हिमालसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभावका कारण आज

डलर १५४ रुपैयाँ नाघ्यो, पाउन्ड २०४ नजिक

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा प्रमुख विदेशी मुद्राको विनिमय दर