२०८२, १० फाल्गुन आईतबार

आठ लाखको धनमाल चोरी

आठ लाखको धनमाल चोरी


काठमाडौँ, २८ फागुन : राजधानीका दुई छुट्टाछुट्टै स्थानमा आज आठ लाखभन्दा बढीको धनमाल चोरी भएको छ । काठमाडौँ महानगरपालिका–२६ कपुरधारामा डेरा गरी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का अमृतकुमार श्रेष्ठको कोठाबाट नगद रु एक लाख ५० हजारसहित सुनका गरगहना गरी रु दुई लाख ४० हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित मकवानपुर बज्रबराहीका २४ वर्षीय प्रयास बलामीको निकुञ्ज ट्रेड प्रालिबाट विभिन्न कम्पनीका मोबाइल, पेनड्राइभ र मेमोरी कार्डसमेत गरी करीब रु पाँच लाख ७७ हजार बराबरको धनमाल आज बिहान चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरीमा संलग्न भएका फरार रहेकाले खोजी जारी रहेको जनाइएको छ ।

यता काठमाडौँ महानगरपालिका–३ हल्चोक बस्ने सुनसरी धरान नगरपालिका–१५ का ४५ वर्षीया निरमाया चेमजोङ नागार्जुनस्थित पाँचधारा पानी ट्याङ्की नजिक आज मृत भेटिएकी छिन् । घटनाको सम्बन्धमा अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २८ फाल्गुन मंगलबार  ६ : ०३ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार