२०८३, ९ असार बुधबार

तेमाल गाउँपालिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी

तेमाल गाउँपालिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी


काभ्रेपलाञ्चोक, २७ फागुन : तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सुनकोशी नदीको बालुवा उत्खनन सम्बन्धि बोलपत्रमा अनियमितता गरेको आरोपमा उहाँ विरुद्ध आयोगमा उजुरी परेको हो । अध्यक्ष तामाङलाई वडा नं २ र ३ का बासिन्दाले बस्ती, विद्यालय र स्वास्थ्यचौकी जोखिममा पर्ने अवगत गराउँदा पनि सुनकोशी नदीको बालुवा उत्खननबारे बोलपत्र आह्वान गरेको र बोलपत्रभन्दा ६० प्रतिशत कम रकममा सम्झौता गरेको आरोपमा स्थानीयवासी डेनी लामाले आयोगमा उजुरी दर्ता गराउनुभएको हो ।

उजुरीमा पालिकाले बालुवा उत्खननका लागि वडा नं २ चुखाबेशी बगरमा रु एक करोड ५० लाख ८६ हजार तथा वडा नं ३ च्युरीआँप बगरमा रु एक करोड ५० लाखमा बोलपत्र आह्वान गरी दुवैको रु ८३ लाखमा दुवाकोट कन्सट्रक्सन एवं शाली नदी निर्माण सेवा प्रालिका निमित्त सञ्चालक सत्यमान लामासँग सम्झौता गरी उत्खनन प्रक्रिया अघि बढाउन लगाएको र बीस प्रतिशत शेयरसमेत गाउँपालिका अध्यक्ष लामाले लिएको उजुरीमा उल्लेख छ ।

“बयानब्बे सेन्टिमिटर मात्रै बालुवा निकाल्नुपर्नेमा ठेकेदारले १० देखि १५ मिटरसम्म बालुवा निकालकाले अख्तियारमा उजुरी हालेका हौँ”, लामाले भन्नुभयो, “बस्ती, विद्यालय र स्वास्थ्यचौकी जोखिममा पारी बोलपत्र आह्वान गरेको पाइयो ।” ठेक्का लिएको कम्पनीले दुई स्थानमा सम्झौता विपरीत बालुवा झिक्दा स्थानीयवासीले उत्खनन बन्द गराएका छन् ।

अध्यक्ष लामाले बोलपत्रभन्दा केही प्रतिशत रकम घटाएर ठेक्का लिएको कम्पनीसँग सम्झौता गरेको स्वीकार्दै विवाद भएपछि बालुवा उत्खनन बन्द गराएको बताउनुभयो । उहाँले भन्नुभयो, “मप्रति लगाएको आरोप झुठा हो, म पनि सम्बन्धित निकायले छानबिन गरोस् भन्नेमा छु ।”

गाउँसभा स्थगित
तेमाल गाउँपालिकाको आज आयोजना गरिएको दोस्रो गाउँसभा विवादका कारण स्थगन गरिएको छ । उपाध्यक्ष दुर्गामाया तामाङले बहुमत जनप्रतिनिधि उपस्थित नभएपछि गाउँसभा स्थगन गरिएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २७ फाल्गुन सोमबार  ९ : ०५ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि