२०८३, १३ कार्तिक शुक्रबार

तेमाल गाउँपालिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी

तेमाल गाउँपालिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी


काभ्रेपलाञ्चोक, २७ फागुन : तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सुनकोशी नदीको बालुवा उत्खनन सम्बन्धि बोलपत्रमा अनियमितता गरेको आरोपमा उहाँ विरुद्ध आयोगमा उजुरी परेको हो । अध्यक्ष तामाङलाई वडा नं २ र ३ का बासिन्दाले बस्ती, विद्यालय र स्वास्थ्यचौकी जोखिममा पर्ने अवगत गराउँदा पनि सुनकोशी नदीको बालुवा उत्खननबारे बोलपत्र आह्वान गरेको र बोलपत्रभन्दा ६० प्रतिशत कम रकममा सम्झौता गरेको आरोपमा स्थानीयवासी डेनी लामाले आयोगमा उजुरी दर्ता गराउनुभएको हो ।

उजुरीमा पालिकाले बालुवा उत्खननका लागि वडा नं २ चुखाबेशी बगरमा रु एक करोड ५० लाख ८६ हजार तथा वडा नं ३ च्युरीआँप बगरमा रु एक करोड ५० लाखमा बोलपत्र आह्वान गरी दुवैको रु ८३ लाखमा दुवाकोट कन्सट्रक्सन एवं शाली नदी निर्माण सेवा प्रालिका निमित्त सञ्चालक सत्यमान लामासँग सम्झौता गरी उत्खनन प्रक्रिया अघि बढाउन लगाएको र बीस प्रतिशत शेयरसमेत गाउँपालिका अध्यक्ष लामाले लिएको उजुरीमा उल्लेख छ ।

“बयानब्बे सेन्टिमिटर मात्रै बालुवा निकाल्नुपर्नेमा ठेकेदारले १० देखि १५ मिटरसम्म बालुवा निकालकाले अख्तियारमा उजुरी हालेका हौँ”, लामाले भन्नुभयो, “बस्ती, विद्यालय र स्वास्थ्यचौकी जोखिममा पारी बोलपत्र आह्वान गरेको पाइयो ।” ठेक्का लिएको कम्पनीले दुई स्थानमा सम्झौता विपरीत बालुवा झिक्दा स्थानीयवासीले उत्खनन बन्द गराएका छन् ।

अध्यक्ष लामाले बोलपत्रभन्दा केही प्रतिशत रकम घटाएर ठेक्का लिएको कम्पनीसँग सम्झौता गरेको स्वीकार्दै विवाद भएपछि बालुवा उत्खनन बन्द गराएको बताउनुभयो । उहाँले भन्नुभयो, “मप्रति लगाएको आरोप झुठा हो, म पनि सम्बन्धित निकायले छानबिन गरोस् भन्नेमा छु ।”

गाउँसभा स्थगित
तेमाल गाउँपालिकाको आज आयोजना गरिएको दोस्रो गाउँसभा विवादका कारण स्थगन गरिएको छ । उपाध्यक्ष दुर्गामाया तामाङले बहुमत जनप्रतिनिधि उपस्थित नभएपछि गाउँसभा स्थगन गरिएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २७ फाल्गुन सोमबार  ९ : ०५ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित