२०८३, २८ श्रावण शुक्रबार

आज वि.सं. २०७५ साल फागुन २७ गते सोमबारको राशिफल हेर्नुहोस

आज वि.सं. २०७५ साल फागुन २७ गते सोमबारको राशिफल हेर्नुहोस


वि.सं. २०७५ साल फागुन २७ गते। सोमबार। इश्वी सन् २०१९ मार्च ११ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– पञ्चमी, २५:४४ बजेउप्रान्त षष्ठी। नक्षत्र– भरणी, २५:२६ बजेउप्रान्त कृत्तिका। योग– ऐन्द्र, १४:०७ बजेउप्रान्त वैधृति। करण– वव, १३:४८ बजेदेखि वालव, २५:४४ बजेउप्रान्त कौलव। आनन्दादिमा चर योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ६:२१ बजे, सूर्यास्त– १८:०९ बजे र दिनमान २९ घडी ३१ पला। त्रिपुष्कर योग २५:१४ देखि २५:४५ बजेसम्म।


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
खर्च बढ्नाले अर्थ अभाव महसुस हुनेछ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। नाम र दामका लागि गरिएको प्रयास व्यर्थ हुन सक्छ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। आलोचकहरूले कमजोरी औंल्याउने हुँदा पछिको संकट टार्न सकिनेछ। परिस्थितिले खर्च निम्त्याए पनि लामो यात्रा अथवा रमाइला ठाउँहरूको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा परिवर्तन आउन सक्छ। तर सोखले खर्च बढाउने हुँदा रकम सञ्चय भने नहुन सक्छ। भोग-विलासका वस्तु जुटाउन सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पुरुषार्थी काम गर्दै लक्ष्य प्राप्त गर्ने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ। तारिफयोग्य कामको चर्चा हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढाउन सकिनेछ। व्यवसायमा मनग्गे फाइदा हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
चुनौती देखिए पनि मेहनत गर्दा समस्या सुल्झाउन सकिनेछ। तर सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ। हिसाबकिताबमा होसियार रहनुहोला। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्य कमजोर हुनाले आँटेको काममा बाधा हुन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। साथीभाइको सहयोग जुट्नाले आँटेको काम बन्नेछ। पहिरन र योग्यताले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
शुभचिन्तकहरूले साथ दिनेछन् भने चिताएका काम सजिलै सम्पादन हुनेछन्। सुखद समाचारले आजको दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरूलाई उछिन्दै विशेष अवसर प्राप्त गर्ने समय छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि लाभांश अवश्यै प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
छोटो समयमा विशेष उपलब्धि हातलागी हुनेछ। विभिन्न स्रोत-साधन प्राप्त हुनेछन् भने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउला। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। बौद्धिक क्रियाकलापले ठूलो अवसर दिलाउन सक्छ। मान-सम्मान प्राप्त हुने समय छ।

प्रकाशित मिति : २०७५, २७ फाल्गुन सोमबार  ५ : २१ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व