२०८२, २४ भाद्र मंगलबार

सहकारीले आम महिलालाई आत्मनिर्भर बनाउँछः मन्त्री अर्याल

सहकारीले आम महिलालाई आत्मनिर्भर बनाउँछः मन्त्री अर्याल


ललितपुर, फागनु २६ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले राम्रो सहकारीको माध्यम महिलाहरूलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिएकी छन् ।

राष्ट्रिय सहकारी महासंघको आयोजनामा ललितपुरमा आइतबार शुरू भएको ‘सहकारीमा महिला सशक्तिकरण तथा समावेशिता राष्ट्रिय गोष्ठी’को उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा आयोजना गरिएको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारीमा लागेर राम्रो सहकारीकर्मी बन्न महिलाहरूलाई आग्रह गर्दै सहकारीमार्फत महिलाहरूको आर्थिक अवस्था माथि उकास्ने कार्यमा लाग्न आग्रह गरिन । ‘तपाईहरू राम्रो सहकारीकर्मी बन्नुस, सहकारीकर्मी बनेर धेरै महिलालाई सहकारीमार्फत आत्मनिर्भर बनाउनुस’, मन्त्री अर्यालले भनिन, ‘आफुजत्तिकै अरूलाई बनाउने ठूलो कुरा हो । आफुमात्रै बन्न राजनीति र सहकारी क्षेत्र रोज्नुपर्दैन अरू नै थुप्रै क्षेत्र छन् । सहकारीमा लागेपछि आफु पनि बन्ने र अरूलाई पनि बनाउने हो ।’

काममा निरन्तर क्रियाशिलताले क्षमताको विकास हुने भन्दै मन्त्री अर्यालले त्यसमा जिम्मेवारीले थप क्षमता र परिपक्वताको विकास गर्ने बताइन् । सहकारी संस्थाको साधारणसभामा आएर हाजिर गर्ने मात्रै नभएर सहकारीमा लागेका महिलाहरूले नेतृत्वमा बराबरी दाबी गर्नुपर्ने समेत बताइन् ।

सहकारीमा जम्मा भएका पूँजीलाई लगानी गरेर आर्थिक उजार्जनतर्फ लाग्नुपर्ने उनको भनाइ थियो । हामीभित्र सिर्जना भएको भन्दै उहाँले के गर्ने भन्ने बाटो देखाउने मान्छेको मात्रै कमी भएको बताइन् । सहकारीहरूलाई दिने अनुदानमा अब तल्लो स्तरबाट उठेका र उठ्ने कोशिस गरिरहेका सहकारीलाई प्राथमिकता दिइने उनको भनाइ छ ।

प्रकाशित मिति : २०७५, २६ फाल्गुन आईतबार  ३ : ५९ बजे

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दिए पदबाट राजीनामा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा

सुजन कडरियाले अखिल अध्यक्ष पदबाट दिए राजीनामा,

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का अध्यक्ष

एमाले मुख्यालय च्यासलमा तोडफोड र आगजनी

काठमाडौं । देशभर फैलिएको जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन राजधानी

प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि कलंकीमा गोली चल्यो

काठमाडौं । काठमाडौको कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड

रौतहटमा जेनजी युवाको प्रदर्शन, टायर बालेर सडक अवरुद्ध

रौतहट । सोमबारको सरकारी दमनको विरोधमा जेनजी युवाहरुले मंगलबार बिहानदेखि